०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

आफ्नो खुट्टाको फोटो बेचेर महिनामा १२ लाख कमाउँने युवती

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

(ABC Sanchar)
अमेरिकाकी २२ वर्षकी युवती डिजायर गेटो एक समय रियलस्टेट व्यवसाय गरेर सामान्य जीवन बिताइरहेकी थिइन् ।
यससँगै उनले साइड बिजनेसको रुपमा मोडलिङ गर्न थालिन् । यस क्रममा उनले मानिसहरुले उनको खुट्टा निकै मन पराउने थाहा पाइन् ।
उनका खुट्टाको तस्वीरको लागि मानिसहरु ठूलो रकम खर्च गर्न तयार रहेको थाहा पाउँदा उनलाई अचम्म लाग्यो ।
अहिले उनले अनलाइनमा आफ्ना खुट्टाको फोटो बेचेर ८ हजार पाउण्ड (साढे १२ लाख नेपाली रुपैयाँ) कमाउने खुलासा गरेकी छिन् ।
बेलायती अखबार मिररमा प्रकाशित रिपोर्टअनुसार डिजायर इन्स्टाग्राममा निकै लोकप्रिय छिन् ।
इन्स्टाग्राममा उनका १.१ मिलियन फलोअर छन् । पछिल्लो समय भने डिजायर ओन्लीफ्यान्समा सक्रिय छिन् र यही अनलाइन प्लेटफर्मबाट उनले महिनामा झण्डै साढे १० हजार डलर कमाउँछिन् ।
यसको लागि उनले धेरै केही गर्नु पर्दैन, आफ्नो खुट्टाको फोटो खिचेर पठाए पुग्छ ।
डिजायरले मिररसँग भनिन् ‘एक दिन एकजनाले मलाई म्यासेज गरेर मेरो खुट्टाको १० फोटोका लागि ३ सय डलर अफर गरे । यसका अलावा उनको अरु कुनै माग थिएन । पहिले त मैले केही बुझ्नै सकिन पछि थाहा पाएँ कि मानिसहरुमा खुट्टाका विषयमा पनि अनौठो आकर्षण भएको थाहा पाएँ ।’
उनले अगाडि भनिन् ‘केही मासिनसहरुलाई खुट्टाको पेडिक्योर हेर्न मन पर्छ, केही मानिसहरुलाई पैतला हेर्ने सोख हुन्छ । केही मानिसहरु मेरो लागि स्टकिङ किनिदिन्छन् ।
केहीले मेरो खुट्टालाई स्टाइलिस मोजामा हेर्न रुचाउँछन् । खास कुरा यो हो कि यीमध्ये धेरैजसोलाई नग्नताको कुनै पर्वाह हुँदैन । खासमा उनीहरुलाई खुट्टाप्रति मात्रै लगाव हुन्छ ।’ डिजायरले आफ्ना खुट्टाको एक तस्वीरलाई सामान्यतया २५ डलरमा बेच्छिन् । उनका खुट्टाको तस्वीरका साथै भिडियो पनि चर्चामा रहन्छन् ।
डिजायरले खुट्टाको मसाज गर्दै गरेको भिडियो बनाउँछिन् । यसका अलावा हाइ हिल लगाएको र खोलेको पनि भिडियो बनाउँछिन् । यी भिडियोहरु पनि निकै लोकप्रिय छन् ।
डिजायरका अनुसार उनले अहिलेसम्म पनि मानिसहरु उनका खुट्टा किन मन पराउँछन् भन्ने बुझ्न सकेकी छैनन् ।
डिजायरका पार्टनर ४२ वर्षका छन् । उनैले डिजायरका खुट्टाको तस्वीर खिच्छन् ।
उनले पनि डिजायरको खुट्टा किन मानिसहरुले मन पराउँछन् भन्ने बुझ्न सकिरहेका छैनन् ।
उनलाई यसमा कुनै गुनासो पनि छैन किनकि यसरी ठूलो कमाइ भइरहेको छ । एजिन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!