२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

चितवन राष्ट्रिय निकुञ्जमा विशेष सुरक्षा अभियान (स्वीप अपरेसन) सञ्चालन

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

(राकेश श्रेष्ठ)
नेपाली सेनाले निकुञ्जको सबै क्षेत्रमा पुग्ने गरी (स्वीप अपरेसन) विशेष अभियान तीव्र पारेको हो ।
विशेषगरी बर्सात सकिएपछि निकुञ्जभित्र झाडी पातलो हुँदै जाँदा तस्करको पहुँच वन्यजन्तुसम्म पुग्न सक्ने भन्दै निकुञ्ज कर्मचारी र नेपाली सेनाको बटुक दल गणले विगत एक महिना अगाडिबाट शुरु गरेको विशेष अभियानलाई तीव्र पारेको छ ।
निकुञ्जलाई विभिन्न क्षेत्रमा विभाजन गरी निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल र नेपाली सेनाको बटुक दल गणका गणपति अरुण श्रेष्ठसहित सोही क्षेत्रका गुल्मपति र निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा हात्ती, डुङ्गा, गाडी, साइकल र पैदल गस्तीसहित स्वीप अपरेसन अझै एक महिना जारी रहने नेपाली सेनाको बटुक दल गणका गणपति श्रेष्ठले जानकारी दिए ।
विगतका वर्षमा अधिकांश चोरी शिकारीका घटना यसै मौसममा हुने गरेको तथ्याङ्कले देखाएको छ । पोष्ट नभएका क्षेत्रमा रातमा पोष्ट खडा गरी बस्ने काम पनि गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए ।
अधिकृत बरालले भने, “विगतका वर्षहरुमा यसै मौसममा चोरी शिकारीका घटना बढी हुने तथ्याङ्क छ, त्यसकारण चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुकदल गणले सुरक्षा गस्तीलाई बढाउनुका साथै सुरक्षाका रणनीति परिवर्तन गरी विभिन्न विशेष अपरेसन कारवाही सञ्चालन गरेका छौँ ।”
निकुञ्जको चुरेदेखि महाभारत हुँदै घाँसे मैदानसम्मका सबै क्षेत्रमा पुग्ने गरी अभियान सञ्चालन गरिएको छ । बर्सातको समयमा वन्यजन्तु मरेर कुहिएको भए पनि थाहा लाग्ने र बाह्य व्यक्तिको प्रवेश भए जानकारी हुने भएकाले अभियान प्रभावकारी हुने संरक्षण अधिकृत बरालको भनाइ छ ।
निकुञ्ज र सेनाले पछिल्लो समयमा स्थानीयवासीले नै संरक्षण संवेदनशीलता नबुझ्दा समस्या आएको भन्दै कोर इलाका प्रवेश नगर्न निर्देशन पनि गरेको छ । संरक्षणका काम कारवाहीमा पछिल्लो समयमा राजनीतिक दबाबले समेत प्रभाव पारेको भन्दै सबै संरक्षणको भावलाई थप जागरुक गर्न संरक्षणमा खलल पुर्याउने जोकोहीलाई पनि निरुत्साहित गर्न संरक्षणकर्मीले माग पनि गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा भएको गैँडाको चोरी शिकारीका कारण सुरक्षा चुनौती बढेसँगै नियमित गस्तीहरु बढाउनुका साथै विशेष सैनिक कारवाही सञ्चालनमा ल्याएको छ । संवेदनशील क्षेत्रमा प्रविधिजन्य उपकरण जडान, ड्रोनको प्रयोगबाट निगरानी तालिम प्राप्त कुकुर टोलीको समेत प्रयोग गरी दैनिक गस्तीका कार्यसञ्चालन गर्दै आइरहेको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!