०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयहरुले लगाइदिए आगो

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

ABC (क्राईमबिट)
बर्दिवास महोत्तरीमा ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयले आगजनी र तोडफोड गरेका छन् ।
बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाव शाह खातुनको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिबास नगरपालिका–१४ स्थित घरमा स्थानीयले तोडफोड तथा आगजनी गरेका हुन् ।
स्थानीयले आगजनी गरेपछि प्रहरीले आगो निभाउने प्रयास गरिरहेको छ । बालिका हत्याको विरोधमा स्थानीयले सडक समेत बन्द गरेका कारण दमकल ल्याउन समस्या भएको छ ।
आइतबार साँझदेखि हराइरहेकी स्थानीय शहीद आलमकी ६ वर्षीया छोरी गुलावको सोमबार मध्यराति शव फेला परेको थियो ।
आइतबार साँझदेखि हराएकी गुलावको प्रहरी र स्थानीयले खोजी व्यापक बनाएका थिए । सोमबार दिउँसोसम्म खोजी गर्दा पनि गुलावबारे केही जानकारी मिलेको थिएन ।
पछि, बर्दिबासमा किराना पसल गर्दै आएका गौशाला नगरपालिका–५ घर भएका अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको भन्दै हिँडेको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो ।
सोमबार राति रक्सी पिएर आफ्ना घर गएका साहले परिवारका सदस्यलाई बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसपछि प्रहरीले उनलाई सोमबार राति नै पक्राउ गरेको थियो ।
साहलाई नै लिएर खोजी गर्ने क्रममा उनले भनेकै स्थानमा प्रहरीले बालिकाको शव फेला परेको थियो ।
गुलावको शव बर्दिबास नगरपालिका–१४ शुभम् वस्तीस्थित सामुदायिक परिवार कल्याण संघको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडि विनोद साहको खाली जमिनमा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन चापागाईँले जानकारी दिए ।
डीएसपी चापागाईँका अनुसार हत्या आरोपमा पक्राउ परेका साहले आरोप स्वीकार गरिसकेका छन् । ‘प्रारम्भिक बयानको क्रममा उनले हत्या स्वीकार गरिसकेका छन्,’ डीएसपी चापागाईँले भने, ‘हत्याको कारण के हो भन्ने विषयमा अझै अनुसन्धान भइरहेको छ ।’
घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कार पछि हत्या भएको हुनसक्ने स्थानीयको भनाइ छ । तर, प्रहरीले भने शव परीक्षण रिपोर्ट आएपछि मात्रै थप कुरा खुल्ने बताएको छ ।
बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा पठाइएको र घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको डीएसपी चापागाईँले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!