२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयहरुले लगाइदिए आगो

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

ABC (क्राईमबिट)
बर्दिवास महोत्तरीमा ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयले आगजनी र तोडफोड गरेका छन् ।
बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाव शाह खातुनको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिबास नगरपालिका–१४ स्थित घरमा स्थानीयले तोडफोड तथा आगजनी गरेका हुन् ।
स्थानीयले आगजनी गरेपछि प्रहरीले आगो निभाउने प्रयास गरिरहेको छ । बालिका हत्याको विरोधमा स्थानीयले सडक समेत बन्द गरेका कारण दमकल ल्याउन समस्या भएको छ ।
आइतबार साँझदेखि हराइरहेकी स्थानीय शहीद आलमकी ६ वर्षीया छोरी गुलावको सोमबार मध्यराति शव फेला परेको थियो ।
आइतबार साँझदेखि हराएकी गुलावको प्रहरी र स्थानीयले खोजी व्यापक बनाएका थिए । सोमबार दिउँसोसम्म खोजी गर्दा पनि गुलावबारे केही जानकारी मिलेको थिएन ।
पछि, बर्दिबासमा किराना पसल गर्दै आएका गौशाला नगरपालिका–५ घर भएका अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको भन्दै हिँडेको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो ।
सोमबार राति रक्सी पिएर आफ्ना घर गएका साहले परिवारका सदस्यलाई बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसपछि प्रहरीले उनलाई सोमबार राति नै पक्राउ गरेको थियो ।
साहलाई नै लिएर खोजी गर्ने क्रममा उनले भनेकै स्थानमा प्रहरीले बालिकाको शव फेला परेको थियो ।
गुलावको शव बर्दिबास नगरपालिका–१४ शुभम् वस्तीस्थित सामुदायिक परिवार कल्याण संघको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडि विनोद साहको खाली जमिनमा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन चापागाईँले जानकारी दिए ।
डीएसपी चापागाईँका अनुसार हत्या आरोपमा पक्राउ परेका साहले आरोप स्वीकार गरिसकेका छन् । ‘प्रारम्भिक बयानको क्रममा उनले हत्या स्वीकार गरिसकेका छन्,’ डीएसपी चापागाईँले भने, ‘हत्याको कारण के हो भन्ने विषयमा अझै अनुसन्धान भइरहेको छ ।’
घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कार पछि हत्या भएको हुनसक्ने स्थानीयको भनाइ छ । तर, प्रहरीले भने शव परीक्षण रिपोर्ट आएपछि मात्रै थप कुरा खुल्ने बताएको छ ।
बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा पठाइएको र घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको डीएसपी चापागाईँले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]

(एबिसि संचार ) नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् […]

(एबिसि संचार ) बैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँ बस्ने २६ वर्षीय अर्जुन कँडेल रहेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार कँडेललाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको हो ।उनले आकर्षक तलबको लोभ देखाएर पीडितसँग […]