०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

सिसिएमसीको बैठक बस्दै होला फेरि (लकडाउन) हुने तयारी

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

(ABC Sanchar)
काठमाडौं कोभिड १९ संकट व्यवस्थापन समिति सिसिएममीको बैठक मंगलबार बस्दैछ ।
आज बस्ने बैठकले लकडाउनको विषयमा निर्णय गर्ने सम्भावना रहेको उपत्यका मेयर फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले बताए ।
श्रेष्ठले आज बस्ने बैठकमा के के छलफल गर्ने भन्ने एजेण्डा नदिएको बताए । तर, लकडाउनको विषयमा केही निर्णय भने हुने उनले बताए । अहिले कक्षा १२ को परीक्षा चलिरहेको छ । परीक्षाको कारण लकडाउन केही पर सर्न सक्ने पनि उनले बताए ।
योभन्दा अगाडिको बैठकमा उपत्यका मेयर फोरमले उपत्यकामा सरकारले लापरवाही गरेका कारण कोरोना संक्रमण बढेको निष्र्कषसहित थप लकडाउन गर्नुपर्ने बताएको थियो । मेयर फोरमको प्रस्तावलाई सरकारले पोजेटिभ रुपमा लिएको जनाएको छ ।
तर, मेयर फोरमको लकडाउन गर्ने प्रस्तावलाई जनस्वास्थ्य विज्ञहरुले भने ठीक नभएको बताउँदै आएका छन् । समुदायस्तरमा कोरोना फैलिसकेको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणको अन्य उपाय प्रयोग गर्नुपर्ने विज्ञहरुले सुझाव दिँदै आएका छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!