११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

दाङ प्रहरीले भुसाल होटलबाट ८ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, मंसिर ११, २०७७

ABC (क्राईमबिट)                                                   दाङ गढवा गाउँपालिका वडा नम्बर ५ मा रहेको भुषाल होटलमा जुवा खेली रहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरी टोलीले ती जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले गएराती साढे आठ बजे तिर ९४ हजार नगद रुपैयाँ सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ निवासी टोप बहादुर बिसी, हरि भण्डारी, सन्दिप अधिकारी, गढवा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खिम बहादुर बुढा, होमराज रिजाल, किशोर सिंह ठकुरी, मुरली यादव र गढवा गाउँपालिका वडा नम्बर ५ निवासी होटल संचालक डिल्लीराज भुषाल रहेका छन ।
हरि भण्डारी क्रसर व्यवसायी हुन् । उनले गढवा गाउँपालिका वडा नम्बर ५ मा मध्यपश्चिम क्रसर तथा पुर्णागिरी बालुवा प्रशोधन उद्योग संचालन गर्दै आएका छन् । त्यस्तै टोप बहादुर बिसी पनि निर्माण व्यवसायी हुन भने होमराज रिजाल हार्डवयर व्यवसायी हुन् । जुवाको खालबाट पक्राउ परेकाहरुलाई आज म्याद थप गरेर अनुसन्धान हुने र कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । यस वर्ष साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि काठमाडौँको पशुपतिनाथ लगायत देशभरका विभिन्न शिवालयहरूमा पूजाआराधना गर्ने भक्तजनको ठूलो घुइँचो लागेको छ। साउने झरीको प्रवाह नगरी श्रद्धालुहरू बिहानैदेखि शिव मन्दिरमा दर्शनका लागि पुगेका छन्। दर्शनार्थीको सुविधालाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरेको छ। साउन […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

error: Content is protected !!