०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङ प्रहरीले भुसाल होटलबाट ८ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, मंसिर ११, २०७७

ABC (क्राईमबिट)                                                   दाङ गढवा गाउँपालिका वडा नम्बर ५ मा रहेको भुषाल होटलमा जुवा खेली रहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरी टोलीले ती जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले गएराती साढे आठ बजे तिर ९४ हजार नगद रुपैयाँ सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ निवासी टोप बहादुर बिसी, हरि भण्डारी, सन्दिप अधिकारी, गढवा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खिम बहादुर बुढा, होमराज रिजाल, किशोर सिंह ठकुरी, मुरली यादव र गढवा गाउँपालिका वडा नम्बर ५ निवासी होटल संचालक डिल्लीराज भुषाल रहेका छन ।
हरि भण्डारी क्रसर व्यवसायी हुन् । उनले गढवा गाउँपालिका वडा नम्बर ५ मा मध्यपश्चिम क्रसर तथा पुर्णागिरी बालुवा प्रशोधन उद्योग संचालन गर्दै आएका छन् । त्यस्तै टोप बहादुर बिसी पनि निर्माण व्यवसायी हुन भने होमराज रिजाल हार्डवयर व्यवसायी हुन् । जुवाको खालबाट पक्राउ परेकाहरुलाई आज म्याद थप गरेर अनुसन्धान हुने र कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!