०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

संघीयता खारेज त्यहा लाग्ने खर्च कोरोना उपचारमा लगाउ : नेपाली

Logo
प्रकाशित आइतबार, मंसिर १४, २०७७

(सागर थापा) दाङ                                                 राष्ट्रिय जनमोर्चाका कार्यवकारी अध्यक्ष रस्मिराज नेपालीले संघीयता नेपाल र नेपालीको लागि आबस्यक प्रणाली नभएको हुदा त्यसलाइ खारेज गरि त्यहा लाग्ने खर्च कोरोनाको उपचारमा लगाउन सरकार शीत माग गर्नु भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरी ले संघीयता खारेज गरियोस, कोरोना भाइरस विरुद्ध प्रभाबकारी कदल चालियोस, भ्रष्टाचारको अन्त्य गरीयोस , भन्ने मुल नाराका साथ घोराहीको तुलसीपुर चोकमा आयोजना गरेको बिरोध सभामा लाई सम्बोधन गर्दै नेपालीले उक्त माग गर्नु भएको हो । राष्ट्रिय जनमोर्चा ले देश ब्यापी आयोजना गरेको कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम भएको हो । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जातीय समता समाजका केन्द्रिय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष टीका बिक , अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रामबहादुर जि एम, अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पुर्णिामा आचार्य लगायतले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सचिबालय सदस्य रेशम बि सि ले कबिता बाचन गर्नु भएको थियोे । कार्यक्रम को संचालन जिल्ला सह सचिब ऋषिराम पौडेल ले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!