१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दाङ प्रहरीले २ सय ७३ ग्राम अबैध सुनसहित २ जना पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

(सागर थापा)
दाङ । जिल्ला प्रहरिले कार्यालय दाङले घोराही बजारबाट बिना बिल अबैध सुनसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरि कार्यालय दाङले २ सय ७३ ग्राम सुनसहित २ जनालाई बजारबाट समातेको जनाएको छ ।
जिल्ला प्रहरि कार्यालय दाङका प्रहरी प्रमुख एसपि गणेश चन्दले अबैध सुन लिएर बजारमा हिडिरहेको बिशेष सुराकीको आधारमा जिल्ला प्रहरि कार्यालय दाङबाट खटिएको टाेलिले उनिहरुको साथबाट सुन बरामद गरि घोराही बजारबाट पक्राउ गरेको जानकारी दिए।
काठमाडौंमा दाङ उबासंघका अध्यक्ष नारायण भुसाल `कोरोना डिफेन्स अवार्ड-२०२०´बाट सम्मानीत
औषधि ब्यबस्थापन ’bout छलफल
सुनसहित पक्राउ पर्नेमा घोराही १० नारायणपुरका पुर्ण जङ्ग सुनार र घोराही कपासिका खड्ग प्रसाद सुनार रहेको चन्दले बताए । प्रहरिले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । एसपि चन्दले घोराही बजारमा सुन लिएर हिडिरहेको प्रहरिले सुचना पाएपछि प्रहरिले पक्राउ गरेको र पक्राउ परेका सुन ब्यबसायी भएको खुलेको बताए । काठमाडौंबाट दाङमा ल्याइ बिक्रि बितरण गर्ने गरि चोरिका किनेर वा भन्सार छलेर सुन ल्याएको हुन सक्ने प्रहरिको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।
साथै दाङ प्रहरिले पक्राउ परेका उनिहरुलाई थप अनुसन्धानसहित कारबाही गर्न राजस्व कार्यालय कोहलपुरलाई बुझाउने तयारी गरेको छ । यसअगाडि पनि प्रहरिले १ किलो सुनसहित बिभिन्न ब्यक्तिलाइ पक्राउ गरेर कारबाहीका लागि राजस्व कार्यालय पठाएको दाङ एसपी चंन्दले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!