०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

तस्करी गर्ने मिनी बस र सालको काठ पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

(महेन्द्र सिंह)
बाँके । काठ तस्करी गर्ने गिरोहले तस्करी गरेको काठलाई वन कार्यालयले बरामद गरेको छ। मिनी बसमा ५६ क्युफिट सालको काठ तस्करी गर्दै गरेको अवस्थामा बरामद गरिएको हो।
डिभिजन वन कार्यालय रौतहटले सोमबार बिहान चन्द्रपुर १ नुनथर क्षेत्रबाट वन गस्ती टोलिले बा १ ख ६४४२ नम्बरको मिनी बसमा राखेर छिमेकी जिल्ला सर्लाही लैजाने क्रममा करिब ५६ क्युफिट सालको काठ बरामद भएको वन अधिकृत बिनोद सिंहले जानकारी दिएका छन् ।
पौराइ सब डिभिजन अन्तर्गतको वन क्षेत्रबाट चिरान गरि मिनी बसमा राखेर तस्करी गर्ने योजना तस्करहरुको रहेको भएपनि सहायक वन अधिकृत राम प्रसाद साह, सुरेश प्रसाद महतो र अधिकृत मधुकान्त सिह समेतको गस्ती टोलिले तस्करको योजना बिफल बनाएको अधिकृत सिंहले जानकारी दिएका छन् । काठ र मिनी बसलाई नियन्त्रणमा लिएता पनि तस्करहरु भने फरार भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!