०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

बालुवाटारमा पत्रकारहरुलाई प्रवेश रोक सुरक्षाको कारण देखाउँदै

Logo
प्रकाशित मंगलबार, मंसिर १६, २०७७

(ABC Sanchar)
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकबारे समाचार संकलन गर्न गएका पत्रकारलाई बैठकस्थल (प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार) प्रवेशमा रोक लगाइएको छ ।
सुरक्षाको कारण देखाउँदै प्रवेशद्वारमा तैनाथ सुरक्षाकर्मीहरुले पत्रकारहरुलाई भित्र प्रवेश गर्न नदिएका हुन् ।
समाचार संकलनका लागि बैठकस्थल नजिक जान नदिएपछि पत्रकारहरुले विरोध जनाएका छन् । बालुवाटार भित्र छिर्न नदिएपछि पत्रकारहरु सडकमै रोकिएका थिए ।
पत्रकारहरुले अब बैठकमा भएको निर्णयबारे जानकारी दिन पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सडकमै आउनुपर्ने माग अगाडि सारेका छन् ।
यसअघि पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भनिएको सचिवालय बैठक सुरक्षा चुनौतीको कारण देखाउँदै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको थियो ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली धुम्बाराही जान नमानेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरु बालुवाटार आएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!