२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

डडेल्धुरामा काम गर्न नदिएको भन्दै वडाध्यक्षले दिए राजीनामा

Logo
प्रकाशित मंगलबार, मंसिर १६, २०७७

(ABC Sanchar)
धनगढी । डडेल्धुरामा निर्वाचित भएका एक वडा अध्यक्षले राजीनामा दिएका छन्।
आलिताल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पुर्णबहादुर ऐरले सोमबार कार्यपालिका बैठकमा आफ्नो राजीनामा पत्र बुझाएका हुन।
बैठकमा वडा अध्यक्ष ऐरको राजीनामा पत्र आएको भन्ने जानकारी पाएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए। उनले आफु बाहिर भएकाले राजीनामा पत्र हेर्न भने नपाएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित भएका वडाध्यक्ष पुर्णबहादुर ऐरले सहकर्मीहरुले असहयोग गर्दै आएका कारण आजित भएर राजीनामा दिएको बताए।
‘निर्वार्चित भएपछि मलाई असहयोग हुँदै आएको छ। प्रमुख प्रतिपक्ष दल कांग्रेसबाट निर्वाचित भएका साथीहरुले मेरा राम्रा कामलाई वेवस्ता गर्ने, सधै खेदो खन्ने काम गरेका कारण राजीनामा दिन विवस भए’ उनले भने
आफुलाई काम गर्ने सहज वातावरण नभएकाले राजीनामा दिनुपरेको उनको भनाई छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् […]