१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

फेसबुकमा अमर्यादित भिडियो बनाउनेलाई प्रहरीले कार्वाही गर्ने

Logo
प्रकाशित बुधबार, मंसिर १७, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । प्रचलित कानुन विपरीत हुने अश्लील भिडियोहरु लगायतका सामग्री बनाउने र प्रसारण गर्ने गरेको सम्बन्धमा सचेत एवं संवेदनशील हुन साइबर ब्यूरोले अनुरोध गरेको छ ।
पछिल्लो समयमा ईन्टरनेट तथा विद्युतीय उपरकरणको दुरुपयोग गरी सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटकमा अशोभनिय, अमर्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लील तस्बीर, श्रव्यदृष्य प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ लगायतका प्रचलित कानुन विपरीत हुने कार्यहरु गरेको बारेमा प्राप्त सूचना, उजुरीहरु उपर प्रचलित कानुन बमोजिम कारवाही भएको र कतिपय अनुसन्धानको क्रममा रहेको ब्यूरोले जनाएको छ ।
अपराध गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने सन्दर्भमा सही निकाय र माध्यमको छनौट नगरी पुन: तिनै भिडियो एवं सामग्रीहरुलाई प्रदर्शन गर्दा पीडितलाई झन पीडा थपिनुका साथै विभिन्न कानुनमा व्यवस्था भएको गोपनियता संरक्षण लगायतका कानुनी प्रावधानका विपरीत हुने भएको हुँदा सो बारे सचेत हुन अनुरोध गरेको हो ।
त्यस्ता कार्यहरु भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको टेलिफोन नम्बर ०१-४२१९०४४, ४२१९०४८ र मोबाइल नम्बर ९८५१२८६७७० वा ईमेल ठेगाना cyberbureau@nepalpol­ice.gov.np मा सूचना दिन उक्त ब्यूरोले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]