०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

बाँके प्रहरीको ठुलो सफलता ३० किलो गाँजासहित एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, मंसिर १८, २०७७

(महेन्द्र  सिंह )
बाँके। नरैनापुर गाउँपालिकाबाट ठुलो परिमाणमा गाँँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय भगवानपुका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतमको कमान्डसहित गएको ईलाका प्रहरी कार्यालय नरैनापुरका प्रहरी नायब निरीक्षक श्याम लाल अर्यालको संंयुक्त टोलीले गाउँपालिकाको वडा नम्बर ४ जयरापुर्वाबाट ३० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ। गाँजासहित पक्राउ पर्नेमा वडा नम्बर ४ जयरापुर्वाकै धनीराम यादब रहेका छन् । बिशेष सुचनाका आधारमा प्रहरीको टोलीले यादबलाई बुधबार साँझ ६ बजे गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिएका छन् । पक्राउ परेका यादबसँग थप अनुसन्धान भइरहेको बाँके प्रमुख एसपी रानाले जानकारी दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!