०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

झण्डै ९ महिनापछि सञ्चालन आए दाङका विद्यालय र क्याम्पस

Logo
प्रकाशित बिहिबार, मंसिर १८, २०७७

(सागर थापा)
दाङ । कोरोनाको कारणले ९ महिनासम्म ठप्प बनेका शैक्षिक संस्थाहरु संचालनमा आउन थालेका छन् । सरकारले जारी गरेको पछिल्लो ‘विद्यालय सञ्चालन सम्बन्धीकार्य ढाँचा–२०७७’ अनूरुप दाङका विद्यालय र क्याम्पसहरुमा पठनपाठन शुरु गरिएको छ । घोराही उपमहानगरपालिकाले निश्चित मापदण्डभित्र रहेको विद्यालयहरु खोल्न अनुमति दिएको छ । स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डअपनाएर विद्यार्थीहरुको भौतिकउपस्थितीमाविद्यालायहरुमापठनपाठन सञ्चालनमा भइरहेको उपमहानगरको युवा, खेलकुद तथा शिक्षामहा शाखाका प्रमुख विनोदकुमार गौतमले जानकारी दिनुभयो ।
दैनिक ६ घन्टा पठनपाठन हुने गरी विद्यालय सञ्चानल गर्ने अनुमतीदिएको बताउनुहुन्छ । ‘कक्षा कोठामा सामाजिक दुरी कायमगर्दै स्वास्थ्य सुरक्षा सम्बन्धीका सबै मापदण्डहरु अपनाएर पठन पाठन शुरु गर्न भनेका छौं’ उहाँले भन्नुभयो । दाङमा सबैजसो विद्यालयहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाउदै विद्यायल सञ्चालन भइरहेका छन् ।
यता, त्रिभुवन विश्व विद्यालय अन्तर्गतका क्याम्सहरुमा पनि पठनपाठन शुरु भएको छ । विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेका स्नातक तहका कक्षाहरु शुरु भएको छ । कोरोना संक्रमणको अवस्था हेरेर विद्यालयपुनः सञ्चालनगर्न दिने नदिने भन्ने अधिकार स्थानीय तहलाई छ ।
स्थानीय तहकै अनुमती शैक्षिक संस्थाहरुमा पठनपाठन शुरु भएको छ । कोरोना संक्रमणका कारण चैत ११ गतेदेखि ठप्प बनेका शैक्षिक संस्थाहरु झण्डै ९ महिनापछि सञ्चालन आएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!