०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङमा ८ सहकारीले मात्र अनुदानको मल विक्रि वितरण गर्न पाउने

Logo
प्रकाशित बिहिबार, मंसिर १८, २०७७

(सागर थापा)
दाङ। राप्ती गाउँपालिकामा अनुदानको मल विक्रि वितरणको लागी सहकारी र कार्यक्षेत्र तोकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरवार काठमाण्डौको र कृषि ज्ञान केद्र घोराहीको परिपत्र अनुसार मल वितरण गर्ने वारेमा भएको निवेदन माथि मापडण्ड पुगे नपुगेको आधारमा अनुगमन गर्दा ८ ओटा सहकारी मार्फत विक्रि वितरण गर्न छनौट गरिएको कृषि विकास अधिकृत महेश अधिकारीले जानकारी दिनु भएको छ ।
राप्ती गाउँपालिका भित्र रहेका सहकारीहरु छनौट गरी अनुदानको रासायनिक मल विक्रि वितरणको लागी कार्यक्षेत्र समेत तोकिएको छ । अनुदानको मल विक्रि वितरणको लागी सहकारी र कार्यक्षेत्र तोकिए बमोजिममा काम गर्न सेवाग्राहिको सुविधाको लागि देउकी कृषि सहकारी संस्थाले विभिन्न वडाबाट मल विरण गर्ने भएको छ ।
नेपाल सरकारद्धारा अनुदानमा उपलब्ध हुने रासायनिक मल राप्ती गाउँपालिका भित्रका कृषकहरुलाई कार्यालयबाट छनौट भएका सहकारीहरुको विक्री मुल्य सम्बन्धित कम्पनीबाट उपलब्ध हुने मुल्यमा लोड अनलोड वापत प्रति बोरा ५० के.जि. को रु १४ र ढुवानी खर्च र व्यवस्थापन खर्च वापत प्रति बोरा ५० के.जी. को रु ५० र गरी प्रति बोरा एकमुस्ठ .६४ मात्र थप गरि विक्रि मुल्य निर्धारण गर्नु गर्ने बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!