०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

दाङमा राजसंस्था पुन स्थापनाको माग राख्दै मोटरसाइकल र्याली

Logo
प्रकाशित बिहिबार, मंसिर १८, २०७७

(सागर थापा)
दाङ । घोराहीमा नेपाल देशभक्त नागरिक समाज तथा राजसंस्था पक्षधर विभिन्न पार्टी तथा संघ संस्थाहरुले आज घोराहीमा मोटरसाइकल र्याली गरेका छन् । राजसंस्था पुनस्र्थापनाको माग राख्दै आएका विभिन्न पार्टी तथा संघ संस्थाले ‘राजा आउ देश बचाउ’ भन्दै मोटरसाईकल र्याली सहित प्रदर्शन गरेका हुन् ।
सवैधानिक राजतन्त्र हिन्दु राष्ट्र कायम गर, नितिगत भ्रष्ट्राचार अन्त्ये गर भन्दै देशमा भएका हत्या हिसां, बलात्कार जस्ता घट्नाका बारेमा समेत उनिहरुले आवाज उठाएका छन् । प्रदर्शनको क्रममा निकालिएको मोटरसाईकल र्यालीले बजारका विभिन्न स्थानको परिक्रमा गरी तुलसीपुर चोकमा पुगि कोषसभामा परिणत भएको थियो ।
त्यसअवसरमा राप्रपाका केन्द्रिय सदस्य भोलानाथ योगी, स्वतन्त्र नागरिक समाजका संयोजक कुल बहादुर घर्ति, राप्रपाका केन्द्रिय सदस्य भानु केसी, दामोदर भण्डारी, ऋषिराज देवकोटा, उपाध्यक्ष वंशिकुमार शर्मा, भुपाल रावत लगाएतकाले देशका लागि राजसंस्थाको पुनस्र्थापना अपरिहार्य भएको बताएका थिए । कार्यक्रमको सहजिकरण स्वतन्त्र नागरिक समाजका सदस्य सचिव उमाकान्त भण्डारीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!