०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

संयुक्त राष्ट्रसंघले जोखिमपूर्ण लागुऔषधको सूचीबाट गाँजालाई हटायो

Logo
प्रकाशित शुक्रबार, मंसिर १९, २०७७

ABC Sanchar
काठमाडौं । संयुक्त राष्ट्रसंघीय आयोगले गाँजालाई सबैभन्दा बढी जोखिमपूर्ण लागुऔषधको सूचीबाट हटाएको छ। राष्ट्रसंघको पछिल्लो बैठकले गाँजा र गाँजाबाट बन्ने वस्तुलाई पुनःभाषित गरेको हो।
अत्यन्त प्राणघातक लागू औषधको वर्गीकरणमा रहेको गाँजालाई उक्त सूचीबाट हटाउँदै औषधिजन्य प्रयोजन र रोगको उपचारमा प्रयोग गर्न आवश्यक नियमन गर्न सम्बन्धित देशहरुका लागि बाटो खुला गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
सन् १९६१ देखि खेती गर्न, ओसारप्रसार र सेवन गर्न प्रतिबन्ध लगाइएको गाँजाबारे आयोगका ५३ सदस्यमध्ये २७ जनाले उक्त प्रतिबन्धबाट फुकुवा गर्न मतदान गरेका थिए । उक्त निर्वाचनमा २५ जनाले विरोध गर्नुको साथै एकजना अनुपस्थित रहेको बताइएको छ।
राष्ट्रसंघको सो आयोगका निर्णय अनुसार उक्त गाँजासम्बन्धी अनुसन्धान गर्न र मनोरञ्जनको साधन र औषधीय गुणको रुपमा कानुनी रुपमा अङ्गिकार गर्ने अन्य देशहरुलाई पनि प्ररित गर्ने बताइएको छ।
करिब ५९ वर्षसम्म गाँजालाई उपचार पद्धतिमा प्रयोग गर्न समेत कडा रुपमा प्रतिबन्ध लगाइएको थियो। अहिलेसम्म ५० वटा देशहरुले गाँजाको औषधीय गतिविधिलाई अङ्गिकार गरिसकेका छन्।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!