१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

खुलेयो लाइसेन्सको ट्रायल र परीक्षा

Logo
प्रकाशित शुक्रबार, मंसिर १९, २०७७

(ABC Sanchar)
काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ प्रक्रिया खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन खुला गर्न लागिएको जनाएको छ । विभागले प्रदेश कार्यालयहरुको मागका आधारमा लाइसेन्सको लिखित तथा ट्रायल परिक्षाका लागि अनलाइन फारम खुल्ला गर्न लागिएको जनाएको हो ।
तर, अनलाइन फारम तथा परीक्षा सञ्चालन गर्ने सम्बन्धमा भने स्वयम् प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय तथा यातायात कार्यालयहरुको स्वःअधिकार हुने विभागले जनाएको छ । ‘नयाँ लाइसेन्सको आवेदन खुल्ला गर्ने,परीक्षा सञ्चालन गर्ने र यातायात सम्बन्धी नवीकरण, दर्ता लगायतका अधिकार विभागले सम्बन्धीत प्रदेशहरुलाई नै दिइसकेको छ ।
थप अन्योलताका बीच हामीले कोभिड–१९ पछि आवेदन खोल्ने सम्बन्धमा प्रदेश कार्यालयहरुलाई आवश्यक स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाई खोल्न सकिने भनिसकेका । तर कहिलेबाट खोल्ने र कसरी खोल्ने भन्नेमा भने स्वयम प्रदेश सरकारहरुको स्वःविवेकको कुरा हो । यसका लागि तयारी अवस्थामा रहन विभागले सम्बन्धित प्रदेशलाई भनेका हौं’ यातायात व्यवस्थापन विभागका महानिर्देशक गोगनकुमार हमालले रातोपाटीसँग बताए ।
यस्तो आवेदन प्रक्रिया पुर्याएर स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर प्रदेश यातायात कार्यालयहरुले तत्काल खोल्न सक्ने महानिर्देशक हमालको भनाई छ । विभागबाट यस्तो सूचना आएसँगै प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकास मन्त्रालयहरुले नयाँ लाइसेन्सको प्रक्रिया अघि बढाउने भएका छन् ।
बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले अबको एक दुई दिनभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम तथा परीक्षा खोल्ने तयारी गरेको छ । कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहिरहेको अवस्थामा स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै लाइसेन्सको परिक्षालाई व्यवस्थित बनाउने गरी मन्त्रालयले तयारी थालेको भौतिक पूर्वाधार विकास मन्त्रालय, बाग्मतीका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए ।
त्यस्तै, यता गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि एक दुई दिनभित्रै लाइसेन्सको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, गण्डकीका सूचना अधिकारी डोलराज पराजुलीले रातोपाटीसँग बोल्दै प्रदेशभित्र केहि दिनभित्रै अनलाइन फारम खुल्ला गर्दै लाइसेन्सको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न लागिएको बताए ।
यस्तै,प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले समेत केहि दिनभित्रै लाइसेन्सको प्रक्रिया अघि बढाइने गरी तयारी थालिएको जनाएका छन् । कोभिड–१९ को प्रकोपसँगै गत चैत ११ गतेदेखि मुलुक पूर्णतः लकडाउनमा गएसँगै नयाँ लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा प्रभावित हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

(महेन्द्र सिंह ) बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उनको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० […]

(एबिसि संचार )                                                                          भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर […]