०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सशस्त्र प्रहरीका IGP खनालले नेपाल एपीएफ स्कुल कोहलपुरको उद्घाटन

Logo
प्रकाशित शुक्रबार, मंसिर १९, २०७७

(महेन्द्र सिंह)
बाँके । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले बाँकेको कोहलपुर नगरपालिका-२ बर्दवामा स्थापना भएको नेपाल एपीएफ स्कुल कोहलपुर बाँकेको बिहिबार उद्घाटन गरेका छन् ।
त्यसअवसरमा उनले राजधानी बाहिर यस्ता बिद्यालय संचालन गरिदा सशस्त्र प्रहरी कर्मचारी एवं स्थानिय नागरिकका सन्ततीको गुणस्तरीय शिक्षादिक्षामा योगदान पुग्ने चर्चा गर्दै प्रदेश स्तरमा विद्यालय विस्तार गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी विद्यालय संचालनमा ल्याईएको बताए ।
आईजीपी खनालले शिक्षा सभ्य समाज निर्माणको आधारशिला भएको तथा शिक्षाको विकास सँगै राष्ट्र सम्बृद्धिको बाटोमा अगाडी बढ्ने चर्चा गर्दै हाम्रो जस्तो विकासशिल देशमा शिक्षाको विकास समग्र राष्ट्रको विकासको मेरुदण्ड रहेको बताए ।
उनले नेपाल एपीएफ स्कूलले समग्र राष्ट्रको शिक्षाको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै हालको जटिल अवस्थामा समेत विद्यालय संचालनमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोग प्रति आभार प्रकट गरे ।
आईजीपी खनालले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु सीमा सुरक्षाको साथै राज्य प्रदत्त विभिन्न जिम्मेवारीका क्षेत्रहरुमा देशका विभिन्न ठाउँहरुमा रहेर सीमित साधनश्रोतका बावजुद कार्यक्षेत्रमा अहोरात्र खटिई राष्ट्रको सुरक्षा तथा आम नागरिकको सुरक्षा, सेवा र सहयोगमा पुर्याएको योगदानको विभिन्न क्षेत्रहरुबाट प्रशंसा भईरहेको चर्चा गर्दै सशस्त्र प्रहरी कर्मचारीहरु अगामी दिनमा समेत अझ बढी सजग र सतर्क भई व्यावसायिक जिम्मेवारी निर्वाहमा कृयाशिल रहने उल्लेख गरे ।
सो अवसरमा कोहलपुर नगरपालिकाका मेयर एल.वि. रावतले नेपाल एपीएफ स्कूलबाट स्थानीय सर्वसाधारण जनताका छोरीछोरी समेत लाभान्वित हुने चर्चा गर्दै स्कूलको विकास तथा स्तरउन्नतीका लागि सदैव सहयोग रहिरहने उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ईन्द्रराज कार्कीले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै सर्वसाधारण नागरिकका सन्ततीहरुले समेत स्थानीय स्तरमा गुणस्तरीय शिक्षा सर्वसुलभ रुपमा प्राप्त गर्ने बताए ।
सो विद्यालयमा यसै शैक्षिकसत्र देखि अनलाईन विधिबाट कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी कुल ५८ जना विद्यार्थीहरुलाई अनलाईन कक्षा संचालन भईरहेको कुरा सो कार्यक्रममा जानकारी गराईएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!