२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरीका IGP खनालले नेपाल एपीएफ स्कुल कोहलपुरको उद्घाटन

Logo
प्रकाशित शुक्रबार, मंसिर १९, २०७७

(महेन्द्र सिंह)
बाँके । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले बाँकेको कोहलपुर नगरपालिका-२ बर्दवामा स्थापना भएको नेपाल एपीएफ स्कुल कोहलपुर बाँकेको बिहिबार उद्घाटन गरेका छन् ।
त्यसअवसरमा उनले राजधानी बाहिर यस्ता बिद्यालय संचालन गरिदा सशस्त्र प्रहरी कर्मचारी एवं स्थानिय नागरिकका सन्ततीको गुणस्तरीय शिक्षादिक्षामा योगदान पुग्ने चर्चा गर्दै प्रदेश स्तरमा विद्यालय विस्तार गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी विद्यालय संचालनमा ल्याईएको बताए ।
आईजीपी खनालले शिक्षा सभ्य समाज निर्माणको आधारशिला भएको तथा शिक्षाको विकास सँगै राष्ट्र सम्बृद्धिको बाटोमा अगाडी बढ्ने चर्चा गर्दै हाम्रो जस्तो विकासशिल देशमा शिक्षाको विकास समग्र राष्ट्रको विकासको मेरुदण्ड रहेको बताए ।
उनले नेपाल एपीएफ स्कूलले समग्र राष्ट्रको शिक्षाको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै हालको जटिल अवस्थामा समेत विद्यालय संचालनमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोग प्रति आभार प्रकट गरे ।
आईजीपी खनालले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु सीमा सुरक्षाको साथै राज्य प्रदत्त विभिन्न जिम्मेवारीका क्षेत्रहरुमा देशका विभिन्न ठाउँहरुमा रहेर सीमित साधनश्रोतका बावजुद कार्यक्षेत्रमा अहोरात्र खटिई राष्ट्रको सुरक्षा तथा आम नागरिकको सुरक्षा, सेवा र सहयोगमा पुर्याएको योगदानको विभिन्न क्षेत्रहरुबाट प्रशंसा भईरहेको चर्चा गर्दै सशस्त्र प्रहरी कर्मचारीहरु अगामी दिनमा समेत अझ बढी सजग र सतर्क भई व्यावसायिक जिम्मेवारी निर्वाहमा कृयाशिल रहने उल्लेख गरे ।
सो अवसरमा कोहलपुर नगरपालिकाका मेयर एल.वि. रावतले नेपाल एपीएफ स्कूलबाट स्थानीय सर्वसाधारण जनताका छोरीछोरी समेत लाभान्वित हुने चर्चा गर्दै स्कूलको विकास तथा स्तरउन्नतीका लागि सदैव सहयोग रहिरहने उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ईन्द्रराज कार्कीले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै सर्वसाधारण नागरिकका सन्ततीहरुले समेत स्थानीय स्तरमा गुणस्तरीय शिक्षा सर्वसुलभ रुपमा प्राप्त गर्ने बताए ।
सो विद्यालयमा यसै शैक्षिकसत्र देखि अनलाईन विधिबाट कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी कुल ५८ जना विद्यार्थीहरुलाई अनलाईन कक्षा संचालन भईरहेको कुरा सो कार्यक्रममा जानकारी गराईएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]