०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पसलमा ढुंगा हानेपछी घोराही नगर प्रहरी प्रमुख पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर २०, २०७७

(सागर थापा)
घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख पक्राउ परेका छन्। उनलाई प्रहरीले गए राति पक्राउ गरेको हो। पसलमा ढुंगा हानेको आरोपमा प्रहरीले नगर प्रहरी प्रमुख रूद्रप्रसाद पन्थीलाई पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरी पसलमा ढुंगा हानेपछि पन्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताउनुभयो।
पन्थीले बेलुकी १० बजेतिर घोराही शहिद गेट नजिकैको शर्मा मोबाइल पसलमा ढुंगा हानेको प्रहरीको भनाइ छ।
पन्थीले हानेको ढुंगा लागेर मोबाइल पसल सञ्चालकको टाउकोमा चोट लागेको छ।
‘उहाँले अत्याधिक मदिरा सेवन गरी मोबाइल पसलमा चुरोट माग्न जानु भएको रहेछ। एसपी चंन्दले बताए । पसलेले यहाँ चुरोट पाइँदैन भनेपछि नगर प्रमुख पन्थीले ढुंगा टिपेर हानेका हुन् ।’
पन्थीले आफू नगर प्रहरी प्रमुख रहेको समेत मोबाइल पसल सञ्चालकलाई बताएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। आवश्यक सोधपुछका लागि मोबाइल पसल सञ्चालकलाई जिप्रका बोलाएको र नगर प्रहरी प्रमुख हुन् भनेर जोगाउने कुरै आउँदैन गल्ती गरेको पाइएमा कानुन अनुसार कारवाही गरिन्छ। पन्थी हाल जिल्ला प्रहरी कार्यालय दाङको नियन्त्रणमा छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!