११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

सशस्त्रले स्रोत नखुलेको १६ लाख नगदसहित एक युवक पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर २०, २०७७

ABC (क्राईमबिट)
बारा । पचरौता नगरपालिका-७ बेनौली स्थित सीमा ईलाकाबाट शुक्रबार एपीएफ टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको सिम्रौनगढ गनरपालिका-८ बस्ने २३ वर्षिय सैनुल्लाह अन्सारी छन् ।
बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय मोटरसाईकलमा सवार निज अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा निजले उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसवेला निजले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

दाङ । बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न चेम्बर अफ कमर्स लमहीको सहयोगमा अर्जुनखोलामा अत्याधुनिक प्रविधियुक्त २ वटा सिसी क्यामेरा जडान गरिएको छ। *विवरण:* – स्थान: लमही नगरपालिका–५, लमही–कोहलपुर सडक खण्डको अर्जुनखोला क्षेत्र – यो ठाउँ लमही बजार प्रवेश गर्ने मुख्यद्वार मानिन्छ, जहाँ सवारी चाप बढी हुन्छ – जानकारी चेम्बर अफ कमर्स लमहीका अध्यक्ष *किरण कुमार […]

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले भारतसँगको सीमामा १०० नेपाली रुपैयाँभन्दा माथिका सामानमा भन्सार अनिवार्य* गर्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती भारतीय बजारमा असर परेको छ। *के भएको हो:* 1. *नियम*: भूमि नाकाबाट व्यक्तिगत प्रयोगका लागि ल्याउने सामानमा १० रुपैयाँभन्दा माथि भए भन्सार लाग्छ भन्ने नियम पहिलेदेखि नै थियो। तर अहिले सशस्त्र प्रहरी र […]

error: Content is protected !!