०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

नेपाल प्रहरी : तोडिदै चेन अफ कमान्ड जुनियर सिनियरमा बढुवा

Logo
प्रकाशित आइतबार, मंसिर २१, २०७७

ABC (क्राईमबिट)
काठमाडौँ। नेकपाले ९ महिने एकल सरकार चलाए देखी नेकपा नेता माधव कुमार नेपाल पछि राजनीतिमा आफ्नो अधिकार स्थापित गर्न नेपालको पछि पछि लागेर राजीतिको बागडाेर सम्हालन सफल नेता हुन् अहिलेका प्रधानमंत्री के.पी. ओली शर्मा ।
प्रधानमंत्री ओलीले आफ्नो पदनाप जहाँ जहाँ लान्छन्, आफ्ना सहयोगीहरुलाई पनि त्यही पदमा चल्न लगाउँछन् । ओलीको पदचाप लाई एकहोरो ढंगले पछ्याएर राजनीतिमा सफल भएका नेता हुन् अहिलेका उप–प्रधानमंत्री ईश्वर पोखरेल । प्रधानमंत्री ओलीलाई कसरी घुमाउने र आफ्नो चंगुलमा ल्याउने भन्ने ज्ञान भएका पोखरेल पटक पटक विवादमा आउँदा पनि पन्छिन सफल भएका छन् ।
सेनाको असन्तुष्टी र पार्टी पंक्तिबाट आएको विरोधका कारण रक्षा मंन्त्रीबाट बाहिरीएका पोखरेल अहिले उप.प्रधानमंत्री मात्र छन् । तर उनको पावरको तापक्रम भने १ सय ५ डिग्री माथि पुगेको छ । अहिले प्रधानमन्त्री ओलीको सम्पूर्ण प्रशासनिक निकाय हेर्ने जिम्मेवारी पाएका पोखरेलले आफ्नो पावरको भरमग्दुर प्रयोग गरेका छन् ।
विशेष गरि नेकपाको प्रारम्भिक संरचना कसरी बलियो बनाउने भन्ने तानाबुना वुनिरहने उप–प्रधानमंत्री ईश्वर पोखरेलले आउँदो निर्वाचनलाई केन्द्रित गरेर प्रहरी प्रशासनमा हात हालेका छन् । जसरी हुन्छ आफ्नो संगठनलाई मजवुत बनाउनु उनको पहिलो लक्ष्य रहेको छ ।
यहि लक्ष्यलाई सफल तुल्याउने उद्देश्यले उप–प्रधानमंत्री पोखरेलले नेपाल प्रहरीको ‘चेन अफ कमाण्ड’ नै तोडेको छन् ।
नेपाल प्रहरीमा सिनियर माथ गर्दै अहिले अतिरिक्त प्रहरी महानिरिक्ष (एआईजी) लागि सिफारीस भएका प्रहरी नायव महानिरिक्षक (डि.आई.जी) विश्वराज पोखरेल नेपाल प्रहरीमा कनिष्ठ डि.आइ.जी हुन् । नातामा उप–प्रधानमंत्री पोखरेलको भाई पर्ने पोखरेलले आफु भन्दा सिनियरलाई माथ गर्दै भावी प्रहरी महानिरिक्षक बन्ने भाग्यरेखा कोरेका छन् । उनको भाग्य रेखा कोर्ने ज्योतिष हुन् उप–प्रधानमंत्री पोखरेल ।
सिनियरलाई माथ खुवाउदै बढवा प्रक्रिया हालका आइजिपी शैलेस थापा क्षेत्रीका ब्याचका बरिष्ठ प्रहरी उपरीक्षकहरु गणेश ऐर, पुरुषोतम कँडेल, दिलीप कुमार चौधरी, राजेश लाल कर्ण, डा.देव वहादुर वोहोरा, प्रकाश अधिकारी, सौरभ राणा, रामकृपाल शाह, उमेश रञ्जितकार स्वत डि.आई.जी का प्रतिष्पर्धी हुन् भने शेखर कोइराला, राजेन्द्र प्रसाद चौधरी, देव बहादुर बोगटी, प्रदिप कुमार श्रेष्ठ, किशोर कुमार दाहाल पनि डि.आई.जीको लाइनमा छन् ।
अहिले खाली पदका लागि पोखरेल भन्दा सिनियर पदको लडाईमा छन् ।
तर २०५१ चैत्र ५ मा प्रहरी निरिक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका डि.आई.जी पोखरेल यि प्रतिष्पर्धी मध्ये कान्छा हुन् ।
२०५१ म भर्ना भएका मध्ये दिपक थापा, सन्दिप भण्डारी, टेक प्रसाद राई, उमेश जोशी, किरण बज्राचार्य, बसन्त बहादुर कुँवर र भिम ढकाल पनि डि.आई.जीको लाइनमा छन् ।
पूर्व आइ.जि.पी. उपेन्द्र कान्त अर्यालका ब्याचका पोखरेल प्रहरी उपरिक्षक (एसपी) मा छउन्जेल आफ्नो ब्याचमा पछाडी थिए । एसपी भएपछि एक्कासी पोखरेलको भाग्यको दिप चम्केको छ । उनी भन्दा सक्षम केही सिनियर भएपनि धिरज प्रताप सिंह, उत्तम सुवेदी, दिवेश लोहनीहरु नेपाल प्रहरीमा उच्च अधिकृत मानिन्छन् । उनीहरु पनि अहिले पोखरेल भन्दा पछाडी परेका छन् ।
नेपाल प्रहरीलाई २०४६ साल पछि बनेका सरकारहरुले आफ्नो राजनिति गर्ने थलोको रुपमा विकसीत गरेका थिए । राजनीतिक दलका कार्यकर्तालाई भर्ती गर्ने संस्थाको रुपमा प्रहरी प्रशासनलाई भर मग्दुर प्रयोग गरिएको थियो । जुन प्रथा हाल सम्म पनि कायमै छ । यस्ता कारणले नेपाल प्रहरीको मनोवल र कार्यक्षमतालाई कति असर गर्छ यो बोल्ने विषय भएको छ ।फारवेष्ट टाईम्सबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!