०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

रुपन्देही प्रहरीले स्रोत नखुलेको १६ लाख सहित एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर २२, २०७७

(सिमा गुरुङ)
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ का २१ वर्षीय श्यामकुमार बनियालाई प्रहरीले श्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नियमित चेकचाँचका क्रममा बनिया भैरहवा बसपार्क नजिकै शान्तिनगर टोलबाट पक्राउ परेका हुन् ।
रकम सहित पक्राउ परेका श्यामकुमार बनिया
लु ३९ प ४४५७ नम्बरको स्कुटरमा एक हजार दरका १०३५ थान र पाँच सय दरका १२३० थान गरि १६ लाख ५० हजार रुपैयाँ लिएर हिड्दै गर्दा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
चेकजाँचको क्रममा भेटिएको रकमको श्रोत बनियाले खुलाउन नसकेपछि अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालयमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले बताए ।
प्रहरीले श्याम कुमारबाट २ वटा आइएमी नम्बर, १ थान मोबाइल समेत बरामद गरेको छ । रुपन्देही प्रहरीले यसअघि श्रोत नखुलेको २४ लाख रकम सहित रुपन्देहीको सम्मरीमाईका प्रमोद गुप्तालाई गत बिहीबार पक्राउ गरेको थियो ।
त्यसको पर्सीपल्ट शनिबार बनिया श्रोत नखुलेको रकम सहित पक्राउ परेका हुन् । गुप्ता र बनिया दुबैजना भारतको सुनौलीबाट भैरहवातर्फ आउँदै गर्दा एउटै स्थानबाट पक्राउ परेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!