१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

दाङ प्रहरीले ब्राउन सुगरसहित ६ जना पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर २२, २०७७

(सागर थापा)   दाङ                                             लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका अनुसार गढवा गाउँपालिका वडा नं. १ जुरौनी स्थित गफुर मियाको घरबाट ३० ग्राम लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी राजकुमार बैदवारका अनुसार पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नं. ९ देवीकोट निवासी ३७ वर्षिय सङसुलहक मिया, प्युठान सरुमारानी राप्ती गाउँपालिका वडा नं. १ बाङ्गेसाल निवासी ३० वर्षिय ईसादिन मिया, सोही ठाउँ निवासी २८ वर्षिय अजित मिया, सोही वडा माझेलाठी निवासी २३ वर्षिय रबिन नेपाली, साथै बाङ्गेसाल निवासी २४ वर्षिय ईदिस मिया र गढवा गाउँपालिका वडा नं.१ जुरौनी निवासी ३२ वर्षिय गफुर मियालाई आइतबार साढे ८ बजेतिर पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गढवा दाङबाट थप अनुसन्धान भई रहेको एसएसपी बैदाबारले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । इटहरीका एक युवकको धरानस्थित तीनकुने प्रहरी चौकीमा हिरासतमै भएको मृत्युलाई मृतकको परिवारले भने हत्या भएको दाबी गरेको छ । चेकजाँचको क्रममा प्रहरीको निर्घात कुटपिटबाट २० वर्षीय युवराज निरौलाको ज्यान गएको भन्दै परिवारले घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले भने लागुऔषधको ओभर डोज […]

काठमाडौं । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफू काठमाडौँ महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ । उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत […]

काठमाडौं । राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ पूर्वप्रधानमन्त्री नेपालले वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेश राख्ने सुविधा दिन अस्वीकार गरेको हो । कुनै व्यक्तिले निश्चित कामका लागि आफ्नो अधिकार दिई खटाएको व्यक्तिलाई वारेश भनिन्छ । अदालतमा […]

error: Content is protected !!