०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

आम नागरिकले अपनत्व महशुस गर्ने गरि प्रहरी सेवा प्रवाह गर्नु आईजीपी : थापा

Logo
प्रकाशित सोमबार, मंसिर २२, २०७७

ABC (क्राईमबिट)
पोखरा । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले आम नागरिकले परिष्कृत तथा जनमैत्री प्रहरी सेवा प्रवाहको महशुस गर्न नसकेसम्म प्रहरी सेवा प्रवाह र स्वयं प्रहरी कर्मचारीको औचित्य पुष्टि हुन नसक्ने बताएका छन् ।
गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरु निरीक्षणका क्रममा शनिबार पोखरा पुगेका आईजीपी थापाले आइतबार जिल्ला प्रहरी कार्यालय म्याग्दी, बाग्लुङ र पर्वतको निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्ने क्रममा यस्तो बताएका हुन् ।
समयको परिवर्तनसँगै आम नागरिकमा प्रहरी प्रतिको बढ्दो अपेक्षा एवं विश्वासलाई बरकरार राख्न स्वयं प्रहरी कर्मचारीहरुले आफूलाई कार्यदक्षता एवं कुशलताले भरिपूर्ण प्रहरी कर्मचारीका रुपमा कार्यक्षेत्रमा समर्पित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
साथै प्रहरी कर्मचारिहरुको मनौवैज्ञानिक अवस्थाबारे बोल्दै उनले तनाव ग्रस्त प्रहरी कर्मचारीहरुको सेवाले आम नागरिक र प्रहरीबीचको सम्बन्ध सुमधुर हुन नसक्ने भएकाले प्रहरी कर्मचारीले तनाव व्यस्थापनका लागि अपनाउनुपर्ने विधि, आफ्नो घरपरीवारसंगको सम्बन्ध एवं प्राथमिकता लगायतका विषयमा समेत उनले सहजिकरण गरेका हुन् ।
प्रहरी कार्यलयहरुबाट सम्पादन भईरहेका गतिविधीहरुको निरीक्षण एवं अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उदेश्यले आईजीपी थापाद्वारा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो धन्यवाद मन्तव्य राख्दै गण्डकी प्रदेश प्रहरी प्रमुख अर्यालले संगठन प्रमुखबाट भएका निर्देशनहरुलाई अक्षरंश पालना गरी प्रदेश अन्तर्गतको शान्ति, सुरक्षा र अमनचयनका लागि प्रहरी उच्च मनोवलका साथ परिचालन हुने प्रतिवद्धता व्यक्त गरे ।
निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय पर्वत, म्याग्दी र बाग्लुङका प्रहरी प्रमुखहरुले प्रहरी महानिरीक्षक क्षेत्रीलाई जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान, प्रहरी परिचालन एवं जनशक्ती व्यवस्थापन लगायतका विविधि विषयमा जानकारी समेत गराएका थिए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!