०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

आम नागरिकले अपनत्व महशुस गर्ने गरि प्रहरी सेवा प्रवाह गर्नु आईजीपी : थापा

Logo
प्रकाशित सोमबार, मंसिर २२, २०७७

ABC (क्राईमबिट)
पोखरा । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले आम नागरिकले परिष्कृत तथा जनमैत्री प्रहरी सेवा प्रवाहको महशुस गर्न नसकेसम्म प्रहरी सेवा प्रवाह र स्वयं प्रहरी कर्मचारीको औचित्य पुष्टि हुन नसक्ने बताएका छन् ।
गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरु निरीक्षणका क्रममा शनिबार पोखरा पुगेका आईजीपी थापाले आइतबार जिल्ला प्रहरी कार्यालय म्याग्दी, बाग्लुङ र पर्वतको निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्ने क्रममा यस्तो बताएका हुन् ।
समयको परिवर्तनसँगै आम नागरिकमा प्रहरी प्रतिको बढ्दो अपेक्षा एवं विश्वासलाई बरकरार राख्न स्वयं प्रहरी कर्मचारीहरुले आफूलाई कार्यदक्षता एवं कुशलताले भरिपूर्ण प्रहरी कर्मचारीका रुपमा कार्यक्षेत्रमा समर्पित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
साथै प्रहरी कर्मचारिहरुको मनौवैज्ञानिक अवस्थाबारे बोल्दै उनले तनाव ग्रस्त प्रहरी कर्मचारीहरुको सेवाले आम नागरिक र प्रहरीबीचको सम्बन्ध सुमधुर हुन नसक्ने भएकाले प्रहरी कर्मचारीले तनाव व्यस्थापनका लागि अपनाउनुपर्ने विधि, आफ्नो घरपरीवारसंगको सम्बन्ध एवं प्राथमिकता लगायतका विषयमा समेत उनले सहजिकरण गरेका हुन् ।
प्रहरी कार्यलयहरुबाट सम्पादन भईरहेका गतिविधीहरुको निरीक्षण एवं अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उदेश्यले आईजीपी थापाद्वारा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो धन्यवाद मन्तव्य राख्दै गण्डकी प्रदेश प्रहरी प्रमुख अर्यालले संगठन प्रमुखबाट भएका निर्देशनहरुलाई अक्षरंश पालना गरी प्रदेश अन्तर्गतको शान्ति, सुरक्षा र अमनचयनका लागि प्रहरी उच्च मनोवलका साथ परिचालन हुने प्रतिवद्धता व्यक्त गरे ।
निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय पर्वत, म्याग्दी र बाग्लुङका प्रहरी प्रमुखहरुले प्रहरी महानिरीक्षक क्षेत्रीलाई जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान, प्रहरी परिचालन एवं जनशक्ती व्यवस्थापन लगायतका विविधि विषयमा जानकारी समेत गराएका थिए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!