०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

आईजीका एक्ला दाबेदार डिआईजी पोखरेलः चुनावका सफल कमान्डर,

Logo
प्रकाशित सोमबार, मंसिर २२, २०७७

डेढ बर्षपछि नेपाल प्रहरी महानिरिक्षक (आईजी)का लागि एक्ला उम्मेदवार रहेका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रस्तावित अतिरिक्त महानिरिक्षक (एआईजी) तथा प्रहरी नायव महानिरिक्षक (डिआईजी) विश्वराज पोखरेल चुनावी समयका लागि सफल कमान्डरको छवि बनाउनेमा पर्छन्।
संविधानसभाको पहिलो निर्वाचनमा प्रहरी नायव उपरिक्ष (डिएसपी)का रुपमा संखुवासभा जिल्लामा सफल कमान्डिङ गरेका उनी विभिन्न समयमा हुने महामारीका बेला मनकारी प्रहरी अधिकारीका रुपमा पनि परिचित छन्।
हालै कोरोना भाइरस महामारीका क्रममा खान नपाएका कतिपयका लागि व्यक्तिगत रुपमा समेत सहयोग गरेका उनले विभिन्न बैंकसँगको सहकार्यमा ३० लाख भन्दा बढीका खाद्यान्न र लत्ताकपडा वितरणको सहजीकरण गरेका थिए।
‘पहिलो त हामी मानव हौं, दोस्रो मेरो धर्म र कर्म भनेको जनताको सेवा गर्नु हो। यो भन्दा पनि बढी गर्ने रहर छ। हेर्दै जाऔं आगामी दिनमा कति योगदान गर्न सकिन्छ’, उनी भन्छन्,‘जीवन भनेकै कर्म गर्ने र योगदान गर्ने अर्थमा बुझ्नुपर्छ।’
संखुवासभामा मात्र उनले सफल चुनावी नेतृत्व गरेनन्। संविधानसभा दोस्रो चुनावका बेला उनी जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखका रुपमा कार्यरत थिए। सो समयमा पनि उनले मोरङमा सफल नेतृत्व गर्दै चुनावलाई निष्पक्ष र भयरहित बनाउने काम गरेका थिए।
‘सरकारले सुम्पिएको जिम्मेवारी, संगठनले दिएको जिम्मेवारी पूरा गर्नु कर्तव्य हुन्छ। त्यसमा सफलता नै हाम्रो अन्तिम विन्दु हुने गरेका कारणले पनि त्यसमा कुनै पनि सम्झौता हुँदैन’, उनी भन्छन्।
अपराध अनुसन्धानमा सफलताका कथा थोरै छैनन्। प्रहरी जीवनको तीन दशकको यात्रामा उनले गरेका कामका फेहरिस्त थोरै छैनन्। विवादरहित भएर अगाडि बढेका उनी नेतृत्व पंक्तिमा रहँदा कर्मचारीका लागि पनि उत्कृष्ट कमान्डर सावित भएका छन्।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका क्रममा उनी काठमाडौंमा कार्यरत थिए। त्यसबेला पनि चुनावी मैदानमा उनको कमान्डिङ कथाले चर्चा पाएको थियो।
महानगरीय प्रहरी कार्यालयको नेतृत्व गरेका उनले माथाहतका विभिन्न कार्यालयमा साझा मेसको स्थापना गरिदिए। ति मेसमा के सिपाही के अधिकारी सबै एकै ठाउँ र समान खानाको व्यवस्था भएपछि तल्ला दर्जाका कर्मचारीको अनुहारमा पनि मुस्कान देखिन थालेको छ।
‘प्रहरी संगठन भनेको चेन अफ कमान्ड हो। तर त्यस्तो कमान्ड हो जसको चेन भत्किएको हुनुहुन्न। समान रफ्तारमा रहेको चेनले मात्र राम्रो काम गर्न सक्छ भन्ने मेरो मान्यता हो’, उनी भन्छन्। सम्भवतः यहि साताभित्र नेपाल सरकारले उनलाई एआईजी पदका लागि बढुवाको निर्णय गर्नेछ। त्यसपछि उनी डेढ बर्षपछिका प्रहरीका देशभरीकै कमान्डरका रुपमा बढुवा हुनेछन्। ‘त्यो आशा र भरोसाको यात्रा हो। तर मैले गर्ने भनेको कर्तव्य हो’, उनी भन्छन्,‘कर्तव्यमा सबैलाई समान व्यवाहार गर्न सकियो र अन्याय कसैलाई हुन दिइएन भने त्यो नै सन्तोषजनक जीवन हुनेछ।’रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!