०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

अनुमति प्राप्त कूल ६४ वटा हातहतियार मात्र दर्ता

Logo
प्रकाशित मंगलबार, मंसिर २३, २०७७

ABC (क्राईमबिट) मकवानपुर ।जिल्ला प्रशासन कार्यालय मकवानपुरको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म दर्ता गरिएका हातहतियारको सङ्ख्या ६४ देखिएको हो । तीमध्ये सबैभन्दा बढी २२ बोरको राइफल १८ थान छन् ।
कार्यालयका अनुसार अधिकांश हातहतियार आर्थिक वर्ष २०७७-७८ सम्म पूर्णरूपमा नवीकरण गरिएको पाइएको छैन । कूल ६४ हातहतियारमध्ये १२ हातहतियारको आर्थिक २०७७/७८ सम्मको नवीकरण गरिएको छ भने अधिकाश हातहतियार नवीकरण गरिएको छैन ।
तथ्याङ्कअनुसार अधिकांश हातहतियार वर्षौँदेखि नवीकरण भएको देखिँदैन । समय-समयमा हातहतियार नवीकरण गर्न हातहतियार दर्तावालाले आवश्यक प्रक्रिया पूरा गर्न नआउँदा लामो समयदेखि हातहतियार नवीकरण नगर्नेको सङ्ख्या धैरै देखिएको हो ।
चौँसठ्ठी हातहतियारमध्ये १२ बोर दुईनाले बन्दुक सात थान, १२ बोर दुईनाले टोटावाल बन्दुक एक थान, २२ बोरको बन्दुक पाँच थान, एकनाले १२ बोरको टोटावाला बन्दुक एक थान, भरुवा एकनाले बन्दुक एक थान, हावादारी बन्दुक पाँच थान, १२ बोरको एकनाले स्वचालित एक थान, १२ बोरको दुईनाले बन्दुक एक थान छन् ।
यसैगरी तथ्याङ्कअनुसार भरुवा एकनाले एक थान, २२ बोर टुटु राइफल एक थान, १२ बारेको एकनाले बन्दुक दुई थान, स्पिङ्ग फिल्डको राइफल एक थान, इण्डियन १२ बोरको दुईनाले छर्रावाला बन्दुक एक थान, १२ बोरको दुईनाले बन्दुक चार थान, १२ बोरको बन्दुक एक थान, भरुवा बन्दुक पाँच थान, १६ बोरको दुईनाले बन्दुक एक थान, एकनाले बन्दुक एक थान, २२ बोरको एकनाले बन्दुक तीन थान, २२ बोरको टुटु एकनाले बन्दुक दुई थान र टुटु एक थान रहेका छन् ।-रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!