०४ आश्विन २०८३, आइतबार
20-09-2026 , Sun
×

घोराही लमही सडक खण्ड धुल्याम्य बन्दै दुर्घटना हुने खतरा

Logo
प्रकाशित मंगलबार, मंसिर २३, २०७७

(सागर थापा)
दाङ । घोराही लमही सडक खण्ड जोखिम बन्दै र दुर्घटनाको खतरा संकेत घोराही देखि अर्जुन खोलासम्मको २३ किलो मिटरको सडक खण्डमा बनेका खाल्टा खुल्टीले सावारी दुर्घटना बढाइरहेको छ । घोराही लमही सडकखण्ड अन्तर्गतको घोराहीदेखि अर्जुन खोलासम्मको सडकको अवस्था झन झनै निकै जोखिम छ । घोराही उपमहानगरलाई जोड्ने उत्त सडक खण्डका ठाउँ ठाउँमा साना–ठूला खाल्टा खुल्टी बनेका छन् । मर्मत सम्भारमा ढिलाई कारण सडकको खाल्टा खुल्टीहरु समयमै पुरिएका छैनन् । यसले सवारी दुर्घटनाको जोखिम बढेको छ ।
सवारी दुर्घटनाको कारण चालकको लापरवाही पहिलो हो भने सडकको अवस्था दोस्रो । जिल्लामा अहिलेसम्म भएका सडक दुर्घटनका प्रकृति हेर्दा चालक मात्रै दोषी छैनन्, साघुरा र जिर्ण बनेका सडक पनि उतिकै दोषी छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख थम्मन जिसीले सवारी दुर्घटनाको कारण मध्ये एक सडकको अवस्था पनि रहेको बताउनुहुन्छ । साघुरा र जिर्ण सडक दुर्घटनाको कारक हुन्’ उहाँले भन्नुभयो ‘समयमै मर्मत नहुँदा बनेका खाल्डा खुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । चारलेन सडक विस्तारका लागि निर्माणधीन अवस्थामा रहेको उत्त सडकखण्ड जोखिम र जिर्ण बनेको कारण यात्रा गर्ने नागरिकहरुले सास्ती भोग्नु परेको छ । जिर्ण बनेका सडकमा कतै खाल्डा खुल्डी छन् भने कतै धुल्याम्य छन् । यता सडक बिभाग कार्यालय घोराही दाङका कार्यालय प्रमुख निरज साक्यले घोराही लमही सडक खण्डको तत्काल निर्माणको लागि टेन्डर आह्वान गरेको र एक महिना भित्र सडकहरु मर्मत गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]