२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

घोराही लमही सडक खण्ड धुल्याम्य बन्दै दुर्घटना हुने खतरा

Logo
प्रकाशित मंगलबार, मंसिर २३, २०७७

(सागर थापा)
दाङ । घोराही लमही सडक खण्ड जोखिम बन्दै र दुर्घटनाको खतरा संकेत घोराही देखि अर्जुन खोलासम्मको २३ किलो मिटरको सडक खण्डमा बनेका खाल्टा खुल्टीले सावारी दुर्घटना बढाइरहेको छ । घोराही लमही सडकखण्ड अन्तर्गतको घोराहीदेखि अर्जुन खोलासम्मको सडकको अवस्था झन झनै निकै जोखिम छ । घोराही उपमहानगरलाई जोड्ने उत्त सडक खण्डका ठाउँ ठाउँमा साना–ठूला खाल्टा खुल्टी बनेका छन् । मर्मत सम्भारमा ढिलाई कारण सडकको खाल्टा खुल्टीहरु समयमै पुरिएका छैनन् । यसले सवारी दुर्घटनाको जोखिम बढेको छ ।
सवारी दुर्घटनाको कारण चालकको लापरवाही पहिलो हो भने सडकको अवस्था दोस्रो । जिल्लामा अहिलेसम्म भएका सडक दुर्घटनका प्रकृति हेर्दा चालक मात्रै दोषी छैनन्, साघुरा र जिर्ण बनेका सडक पनि उतिकै दोषी छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख थम्मन जिसीले सवारी दुर्घटनाको कारण मध्ये एक सडकको अवस्था पनि रहेको बताउनुहुन्छ । साघुरा र जिर्ण सडक दुर्घटनाको कारक हुन्’ उहाँले भन्नुभयो ‘समयमै मर्मत नहुँदा बनेका खाल्डा खुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । चारलेन सडक विस्तारका लागि निर्माणधीन अवस्थामा रहेको उत्त सडकखण्ड जोखिम र जिर्ण बनेको कारण यात्रा गर्ने नागरिकहरुले सास्ती भोग्नु परेको छ । जिर्ण बनेका सडकमा कतै खाल्डा खुल्डी छन् भने कतै धुल्याम्य छन् । यता सडक बिभाग कार्यालय घोराही दाङका कार्यालय प्रमुख निरज साक्यले घोराही लमही सडक खण्डको तत्काल निर्माणको लागि टेन्डर आह्वान गरेको र एक महिना भित्र सडकहरु मर्मत गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!