१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने युवक प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, मंसिर २३, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै नगद ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सुनसरी धरान उपमहानगरपालिका-४ बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जी रहेका छन् ।
उनले १ जना महिलालाई सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरी सम्पर्कविहीन भएको जानकारी प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

(महेन्द्र सिंह ) बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उनको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० […]

(एबिसि संचार )                                                                          भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर […]