२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मापदणड बिपरित दाङका दश वटा बालुवा प्रशोधन उद्योगहरु बन्द

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

(सागर थापा)
दाङ । मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दश वटा बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । जिल्लामा अनुगमन गर्दा बालुवा प्रशोधनको अनुमति लिएर क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दाङले अनुगमन पश्चात प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मापदण्ड विपरितका सञ्चालनमा रहेका उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन दिनुभएको थियो ।
जिल्ला अनुगमन समितिले गत कात्तिक अन्तिम सातामादेखि मंसीर पहिलो सातासम्म अनुगमन गरी गत मंसीर ६ गते पत्रकार सम्मेलन गदै ती उद्योगलाई बन्द गर्न निर्देशन दिइएको जानकारी गराएको थियो । सोहि अनुसार उनीहरुले उद्योग बन्द गरेको आफूलाई जानकारी आएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । बालुवा उद्योगहरुले आफूलाई सम्पर्क गरी बन्द गरेको जानकारी गराएको र अब ती उद्योग बन्द भएका छन् की छैनन् भनेर बास्तविक पत्ता लगाउन अनुगमन गर्न बाँकी रहेको उहाले बताउनुभयो ।
मापदण्ड विपरित सञ्चालित तुलसीपुर क्षेत्रमा रहेको स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । यस्तै, लमही क्षेत्रको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, सतवरिया क्षेत्रमा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवामा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग पनि बन्द भएको जनाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!