२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

राजावादी र विप्लवका गतिविधिको बारेमा सुरक्षा परिषदको बैठक जारी

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । राजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका गतिविधि नियन्त्रणबारे समिक्षा गर्न सुरक्षा परिषदको बैठक बसेको छ।
बुधबार गृहमन्त्रालयमा सुरक्षा प्रमुखहरुको सहभागितामा गृहमन्त्रि रामबहादुर थापाको अध्यक्षतामा बैठक बसेको छ।
बैठकमा चार वटै सुरक्षा निकायका अधिकारीहरु सहभागी रहेको बताइएको छ।
स्रोतका अनुसार बैठकमा विद्रोही नेकपा र राजावादीहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौति बन्दै गइरहेकोले उनिहरुको गतिविधि माथि निगरानि राख्दै कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा समिक्षा र छलफल हुनेछ।
बैठकमा पहिले सुरक्षा निकायबाट विद्रोही नेकपा र राजावादीहरुको गतिविधिका विषयमा ब्रिफिङ हुने र आवश्यकता अनुसार निर्णय लिइने बुझिएको छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]