१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

राष्ट्रिय जनमोर्चा दाङकाे घोराहीमा बिरोधसभा

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

(सागर थापा)
घाेराही । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्मै डुबेको आरोप लगाएका छन् । बुधबार दाङको घोराहीमा राजमोले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष नेपालीले सरकार भ्रष्टाचारीहरुको संरक्षण बनेको बताए ।
राजतन्त्रको अन्त्य भए पछि जनताले सुसाशन होला भन्ने आशा गरेर बर्तमान सरकारलाई बहुमत दिएको बताउँदै सरकारले जनताको भरोसा तोडेको कार्यकारी अध्यक्ष नेपालीले आरोप पनि लगाए । सरकारको भ्रष्ट क्रियाकलापको कारण राजावादीहरु पुनः सल्बलाउन थालेको भन्दै, मसानघाटबाट मुर्दा उठेर आउनु र राजतन्त्र पुनःस्थापित हुनु एउटै कुरा भएको बताए।
‘तर पनि राजावादीहरुलाई निश्तेज पार्न गणतन्त्रपक्षधरहरुको एकता आजको आवश्यकता भएको छ’ नेपालीले भने । उनले दलहरु आन्तरिक खिचलोमा फसेका कारण देशको राष्ट्रियता झन धेरै कमजोर भएको बताए । संघीयताका कारण जनताको आन्दोलनका उपलब्धी गणतन्त्र र धर्मनिरपेक्षता खतरामा परेको नेपालीको भनाई थियो ।
संघीयताको अन्त्यविना देश सम्बृद्ध हुन नसक्ने साथै गणतन्त्र र धर्मनिरपेक्षाताको समेत रक्षा हुन नसक्ने बताउँदै कार्यकारी अध्यक्ष नेपालीले संघीयताको खारेजीका लागि आम नागरिकलाई आह्वान गरे ।
‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको बिरुद्ध संघर्ष गरौं भन्ने मूल नाराका साथ आयोजित विरोध सभामा राजमोका जिल्ला अध्यक्ष गणेश आचार्य र जिल्ला सहसचिव ऋषिराम पौडेलले समेत सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव बसन्त पौडेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

error: Content is protected !!