२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दुम्किवासको अबरुद्ध सडक खुलेयो

Logo
प्रकाशित शुक्रबार, मंसिर २६, २०७७

(राकेश श्रेष्ठ)
चितवन । कावासोती, ट्र्याक्टर चालकको मृत्युका कारण स्थानीयवासीले प्रर्दशन गर्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ । तनावग्रस्त बनेको दुम्किवास क्षेत्र अहिले सामान्य बनेको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा गए राति चालकको मृत्युपछि स्थानीयवासीले प्रदर्शन गर्दा पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध भएको थियो । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका थिए ।
विनयी त्रिवेणी–२ को पहेलीभित्ता भन्ने स्थानको विनयीखोलामा लु३त ८१७५ नंका चालक दाङ राजापुर गाउँपालिका–४ निवासी २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका थिए । प्रहरीको कुटाइबाट यादवको ज्यान गएको भन्दै स्थानीयवासीले इलाका प्रहरी कार्यालय दुम्किवासमा प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले भने भाग्ने क्रममा ट्र्याक्टर दुर्घटना हँुदा चालकको मृत्यु भएको बताएको छ ।
प्रहरीले अहिले प्रदर्शनकारीलाई हटाएर राजमार्ग खुलाएको छ । स्थानीयवासीले घटनाको छानबिनको माग राखेका छन् । मृतक यावदको शव भरतपुरमा रहेको छ । शवको परीक्षण गरिने र आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख प्रहरी निरीक्षक विकास बमले बताउनुभयो । स्थानीयवासीले घटनाको छानबिन गरी मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता नआए पुनः आन्दोलन गर्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]