२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

सिमा झुलाघाटमा सशस्त्र प्रहरीको बीओपी भवन बन्ने

Logo
प्रकाशित शनिबार, मंसिर २७, २०७७

ABC (क्राईमबिट)
बैतडी । झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) को आफ्नै भवन निर्माण हुने भएको छ । यसका लागि रोयल खेमादेवी जेभीसँग रु एक करोडको ठेक्का सम्झौता भएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले जानकारी दिए ।
चालु आर्थिक वर्षको असार मसान्तसम्म भवन निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता भएको हो । उनले भने,“ ठेक्का सम्झौता भएर, केही दिनभित्रै भवन निर्माण कार्य शुरु हुने तयारीमा छ” उनले थपे, “हाल भाडामा बसिरहेको भए पनि भवन निर्माणपछि आफ्नै भवनमा बस्छौँ” उनले थपे, “ब्यारेक र कार्यालय प्रयोजन हुने गरी २ भवन निर्माण हुन्छन् ।”
झुलाघाटमा गत जेठ १० गते बीओपी स्थापना भएकोमा हाल भाडाका भवनमा सशस्त्र प्रहरी बसिरहरको छ । सीमा सुरक्षाका लागि झुलाघाटसहित, पञ्चेश्वर र शिवनाथको कुस्मौतघाटमा बीओपीको स्थापना भएको छ । कुस्मौतघाटमा पनि भाडाको भवनमा सशस्त्र प्रहरी बसिरहेको छ भने पञ्चेश्वरमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाकै घरमा बसिरहेको छ ।
सीमा सुरक्षाका लागि २४सै घण्टा सुरक्षा दिने, सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुनुका साथै राजश्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएका हुन् । बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ ।-रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!