१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

नेपाल प्रहरीको कार्ययोजना २०७७ को चौमासिक प्रगति समीक्षा

Logo
प्रकाशित शनिबार, मंसिर २७, २०७७

ABC (क्राईमबिट)
काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना-२०७७ को चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा भिडियो कन्फेरेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा उपस्थित प्रहरी कर्मचारीहरुको सहभागितमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार उक्त समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त अवसरमा आईजीपी थापाले यस समीक्षा कार्यक्रमलाई सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गर्दै यस्तो क्रियाकलापले संगठनको सुपरिवेक्षण र अनुगमनलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षकले नेपाल प्रहरी कार्ययोजना २०७७ को चौमासिक कार्य प्रगति प्रस्तुतीकरण गरेका थिए ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । विशेषगरी बाँकेको नेपालगञ्ज क्षेत्रमा पानीको अभावले पक्षीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्था गर्ने उद्देश्यले एक अभियान शुरु गरिएको छ। शनिबार आयोजित कार्यक्रममा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फालिएका प्लास्टिकका बोतल संकलन गरी पुनः प्रयोगमार्फत चराचुरुङ्गीले सहजरूपमा पानी पिउन सक्ने भाँडाहरू तयार पारिएका छन्। ती भाँडाहरू विभिन्न सार्वजनिक स्थान र रुखहरूमा राख्ने […]

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्। रोजर्सले मे २७ देखि जुन १० सम्म […]

बर्दिया । *के भयो:* – *स्थान*: भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएर स्थानीय गोठमा गोदाम बनाएर बेवारिसे अवस्थामा थुपारेको अवस्थामा – *बरामद*: *३२ बोरा = १६ क्विन्टल चिनी* – *अनुमानित मूल्य*: रु. १५,९५० प्रति क्विन्टलका दरले *कुल रु. १,५२,० /- एक लाख बाउन्न हजार मात्र* – *कारबाही*: लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप […]

error: Content is protected !!