१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

नेपाल प्रहरीको कार्ययोजना २०७७ को चौमासिक प्रगति समीक्षा

Logo
प्रकाशित शनिबार, मंसिर २७, २०७७

ABC (क्राईमबिट)
काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना-२०७७ को चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा भिडियो कन्फेरेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा उपस्थित प्रहरी कर्मचारीहरुको सहभागितमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार उक्त समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त अवसरमा आईजीपी थापाले यस समीक्षा कार्यक्रमलाई सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गर्दै यस्तो क्रियाकलापले संगठनको सुपरिवेक्षण र अनुगमनलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षकले नेपाल प्रहरी कार्ययोजना २०७७ को चौमासिक कार्य प्रगति प्रस्तुतीकरण गरेका थिए ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]