१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

अमिलियामा एक युवकको शव फेला

Logo
प्रकाशित आइतबार, मंसिर २८, २०७७

(ABC क्राईमबिट) दाङ। लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा सल्यान जिल्ला कपुरकोट गाउँपालिका सिस्नेरीका अन्दाजी ३० वर्षिय नवीन रोका क्षेत्री रहेको ईलाका प्रहरी कार्यालय अमिलिया दाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक खीम बहादुर घर्ती मगरले जानकारी दिए ।
स्थायी घर सल्यान भए पनि मृतक रोका क्षेत्री केही समय देखि अमिलियामा ज्यामी काम गर्दै आएका थिए । दिनभर ज्याला मजुरी काम गर्ने गरेको स्थानीयले बताएका छन।
काम गर्ने पाएको पैसाले जाँड रक्सी खाने रैछन शुक्रवार पनि खाएर हिड्दै जाँदा खानेपानीको पाइप बिच्छ्याउने नालिमा खसेर मृत्यु भएको हाम्रो अनुमान छ,यो घटना रातको करिब ९ बजे तिरको होला प्रहरी निरीक्षक घर्ती मगरले भने ।
अहिले अमिलिया प्रहरी घटनास्थलमा पुगेको छ भने मृतकका आफन्तलाई सम्पर्कमा ल्याउने काम भैरहेको प्रहरीले जनाएको छ । मृतकको शबलाई पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइने अमिलिया प्रहरी प्रमुख प्रहरी निरीक्षक घर्तीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथलीको बागमती किनारमा वर्षौंदेखि रहेका टिन-त्रिपालका घरहरू अहिले खाली छन्। २०८२ वैशाखमा सरकारले दिएको २ दिने सूचनापछि सुरक्षाकर्मीको उपस्थितिमा बस्ती खाली गरिएको हो। *के भयो खाली गरेपछि:* 1. *बस्तीको अवस्था*: साँघुरा गल्ली, नीलो त्रिपालका छाप्रा र भिडभाड अब हटेको छ। ठाउँ अहिले खुला छ, तर अधिकांश संरचना भत्काइएको छ । 2. *कसलाई हटाइयो […]

बाँके । सामुदायिक प्रहरी सेवा केन्द्र, ई.प्र.का. कोहलपुरमा कार्यरत *प्रहरी निरीक्षक सानु श्रेष्ठ* र सामुदायिक प्रहरी सेवा केन्द्रका शाखा प्रमुख *प्रहरी निरीक्षक ज्ञानु माया थनेत* लाई स्वागत तथा सम्मान गरिएको छ। कार्यक्रमको आयोजना सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका *अध्यक्ष दीपेन्द्र कुमार जोशी*ले गरेका हुन्। कार्यक्रमले प्रहरी र समुदायबीचको समन्वय, सहकार्य र विश्वास […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा, ५० नम्बर पिलर* नजिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरेको सामान बरामद गरेको छ। प्रहरीलाई टाढैबाट देखेपछि तस्करहरूले साइकलसहित सामान छोडेर फरार भएका थिए। *बरामद सामानको विवरण:* 1. *साइकल*: ९ थान × रु. १५० = रु. १३,५० 2. *तरबुजाको बीउ*: ४० […]

error: Content is protected !!