१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

महाराजगंज नगरपालिकामा ९ वटा कानुन पारित

Logo
प्रकाशित शनिबार, जेठ १२, २०७५

सनिउल्ला धोबी, कपिलवस्तु जेष्ठ १२ ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाको नगर सभाबाट ९ वटा कानुन पारित भएका छन । गत सोमबार देखि सुरु भएको नगर सभा शुक्रवार सम्म चलेको थियो । नगरसभाले महाराजगञ्जलाई अवाश्यक पर्ने कानुन पारित गरेको हो । महाराजगञ्ज नगरपालिका नगर प्रमुख अब्दुल कलामले नरसभालाई सम्बोधन गर्दै नगरपालिकाकालाई उत्कृष्ट नगर बनाउने बताउनु भएको छ ।
नगर प्रमुख कलामले नगरपालिका अहिले विकासको गतीमा रहेको बताउनु भयो । सोमबार मगलबार र शुक्रबार चालेको नगरसभाबाट १० वटा कानुन पारित भएका छन ।
नगरसभाले न्यायिक समितिको कार्यविधि, आर्थिक कार्यविधि, स्थानिय तहको बार्षिक तथा बजेट तर्जुमा दृगदर्शन, विपद व्यवस्थापन कार्यविधि, शिक्षा नियमावली, स्थनिय तह सहकारी ऐन, कृषि प्रर्वधन विधेयक, करारमा कर्मचारी भर्ना विधेयक, घ बर्गको निर्माण व्यवसायी इजातपत्र सम्बन्धि कार्यविधि लगायत कानुन पारित भएका छन ।
नगरसभाबाट स्वीकृत कानुनहरु उत्कृष्ट कानुन भएको विधेयक समितिका संयोजक तथा वडा नं ११ का वडा अध्यक्ष जगदिश प्रसाद तिवारीले बताउनु भयो । नगरसभामा पेश भएका कानुन उपर नगर सदस्यहरुले बुदागत अध्ययन गरी टिकाटिप्पण्ी गरी शुक्रबार नगरमा आप्नो आप्नो जिज्ञासा राखेका थिए । नगर सभामा आएका जिज्ञासको जवाफ विधेयक समितिका संयोजक जगदिश प्रसाद तिवारीले दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका करिब १६ लाख रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट मूल्य रु. १५ लाख ९६ हजार ६९७ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमा खसीको छाला, […]

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। सीआइबीको टोलीले उनलाई काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरिएको सिआईबी प्रमुख डा. मनोज केसीले पुष्टि गरे । उनीमाथि प्रधानमन्त्री कार्यालयकाे वेबसाइटमा अनाधिकृत पहुँच पुर्‍याएर ठेक्का हात पारेको आरोप लगाइएकाे छ ।

काठमाडौँ । राजधानीको साँखुमा गोली चलाएको छ । लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले शुक्रबार गोली चलाएको हो  । लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि लागु औषध प्रयोगकर्ताले नै गोली चलाएपछि जावफी कारबाहीका क्रममा प्रहरीले पनि गोली चलाएको हो । सो क्रममा एक लागू औषध प्रयोग गर्दा घाइते भएको पुष्टि भएपनि थप विवरण खुलाइएको छैन । […]

error: Content is protected !!