०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

आशिकी फिल्मको स्टार राहुल रोयको अवस्था चिन्ताजनक

Logo
प्रकाशित आइतबार, मंसिर २८, २०७७

(ABC Sanchar)
डिल्ली । महेश भट्टको निर्देशनमा बनेको बलिउड सुपरहिट फिल्म ‘आशिकी’ फिल्मका अभिनेता राहुल रोय हाल उपचाररत छन् । उनी नानावटी अस्पतालमा उपचाररत थिए ।
उनलाई नानावटी अस्पतालले डिस्चार्ज गरेको छ भने हाल फेरि मुम्बईकै अर्को अस्पताल वाकहार्ड अस्पतालमा भर्ना भएका छन् । यहाँ राहुलको अवस्था पहिलेभन्दा राम्रो भएको र छिटै स्वस्थ हुने बताइएको छ । राहुल गत महिनामा आफ्नो फिल्म ‘एलसी – लिभ द ब्याटल’ को सुटिंगका लागि कारगिल जपुगेका थिए ।
कारगिलको तापक्रम माइनस १२ डिग्री सेल्सियस सम्म पुगेको थियो । उक्त चिसोको असर राहुललाई पुग्यो । राहुल सर्दीको मजा लिइरहेका थिए तर अचानक उनी ब्रेन स्ट्रोकको शिकार हुन पुगे । त्यसपछि उनलाई श्रीनगर ल्याइयो र श्रीनगरबाट सिधै मुम्बई ल्याएर अस्पतालमा भर्ना गरियो ।
केही समय राहुलको मुम्बईस्थित नानावटी अस्पतालमा उपचार गरियो । उनी ब्रेन स्ट्रोकका कारण राम्रोसँग बोल्न सकेका थिएनन् । उनी बोल्न त खोज्थे तर उनको शब्द लर्बराउँथ्यो । त्यसकारण थेरेपिस्टले उनको स्पीच थेरापी सुरु गराए, जसअनुसार उनको बोलचालमा सुधार आयो ।
उनकी सासु रोमीर सेनका अनुसार राहुल नानावटी अस्पतालबाट डिस्चार्ज भएर वाकहार्ड अस्पतालमा भर्ना भएका हुन् । उनकी सासु राहुल बिरामी हुनुमा उनको लापरबाही मुख्य कारण बताउँछिन् । उनी पूर्णरुपमा स्वस्थ हुन अझै धेरै समय लाग्न सक्ने बताइएको छ । हालै राहुलले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेका थिए जसमा उनी आफ्नी बहिनीसँग उभिएर बसेका थिए ।भारत टाइमस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!