०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

आशिकी फिल्मको स्टार राहुल रोयको अवस्था चिन्ताजनक

Logo
प्रकाशित आइतबार, मंसिर २८, २०७७

(ABC Sanchar)
डिल्ली । महेश भट्टको निर्देशनमा बनेको बलिउड सुपरहिट फिल्म ‘आशिकी’ फिल्मका अभिनेता राहुल रोय हाल उपचाररत छन् । उनी नानावटी अस्पतालमा उपचाररत थिए ।
उनलाई नानावटी अस्पतालले डिस्चार्ज गरेको छ भने हाल फेरि मुम्बईकै अर्को अस्पताल वाकहार्ड अस्पतालमा भर्ना भएका छन् । यहाँ राहुलको अवस्था पहिलेभन्दा राम्रो भएको र छिटै स्वस्थ हुने बताइएको छ । राहुल गत महिनामा आफ्नो फिल्म ‘एलसी – लिभ द ब्याटल’ को सुटिंगका लागि कारगिल जपुगेका थिए ।
कारगिलको तापक्रम माइनस १२ डिग्री सेल्सियस सम्म पुगेको थियो । उक्त चिसोको असर राहुललाई पुग्यो । राहुल सर्दीको मजा लिइरहेका थिए तर अचानक उनी ब्रेन स्ट्रोकको शिकार हुन पुगे । त्यसपछि उनलाई श्रीनगर ल्याइयो र श्रीनगरबाट सिधै मुम्बई ल्याएर अस्पतालमा भर्ना गरियो ।
केही समय राहुलको मुम्बईस्थित नानावटी अस्पतालमा उपचार गरियो । उनी ब्रेन स्ट्रोकका कारण राम्रोसँग बोल्न सकेका थिएनन् । उनी बोल्न त खोज्थे तर उनको शब्द लर्बराउँथ्यो । त्यसकारण थेरेपिस्टले उनको स्पीच थेरापी सुरु गराए, जसअनुसार उनको बोलचालमा सुधार आयो ।
उनकी सासु रोमीर सेनका अनुसार राहुल नानावटी अस्पतालबाट डिस्चार्ज भएर वाकहार्ड अस्पतालमा भर्ना भएका हुन् । उनकी सासु राहुल बिरामी हुनुमा उनको लापरबाही मुख्य कारण बताउँछिन् । उनी पूर्णरुपमा स्वस्थ हुन अझै धेरै समय लाग्न सक्ने बताइएको छ । हालै राहुलले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेका थिए जसमा उनी आफ्नी बहिनीसँग उभिएर बसेका थिए ।भारत टाइमस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!