०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

तनहुँ प्रहरीले एकैदिन ९ जना फरार प्रतिवादीहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर ३०, २०७७

ABC (क्राईमबिट)
तनहुँ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही जिल्ला अदालत तनहुँबाट विभिन्न मितिमा फैसला भएको दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका ९ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बहुविवाह मुद्दाका व्यास नगरपालिका-१० नयाँबस्ती बस्ने ३३ वर्षीय पदम बहादुर बिक, सवारी ज्यान मुद्दाका बन्दिपुर गाउँपालिका-१ चिसापानी बस्ने श्यामलाल श्रेष्ठको साथै कुटपिट मुद्दाका फरार १ जना, नाता कायम मुद्दाका फरार ३ जना, सम्बन्ध बिच्छेद मुद्दामा ३ जना समेत गरी ९ जना फरार प्रतिवादी रहेका छन् ।
पक्राउ व्यक्तिहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

मेष -आफ्नो कुरामा अडिग रहनु पर्ने दिन हो। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। व्यापारमा नयाँ अवसर आउन सक्छ। तर खर्चमा ध्यान दिनुहोस्। वृष -काममा चुनौती आए पनि धैर्य गर्नुहोला, साँझतिर सकारात्मक परिणाम मिल्नेछ। घरपरिवारमा रमाइलो हुनेछ। खानपानमा सावधानी आवश्यक। मिथुन -विद्यार्थी वा प्रतियोगितामा सहभागी भएकालाई राम्रो समय। दाजुभाइ वा साथीसँग मिलेर काम गर्न सकिनेछ। बोल्दा सन्तुलन […]

error: Content is protected !!