२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

तनहुँ प्रहरीले एकैदिन ९ जना फरार प्रतिवादीहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर ३०, २०७७

ABC (क्राईमबिट)
तनहुँ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही जिल्ला अदालत तनहुँबाट विभिन्न मितिमा फैसला भएको दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका ९ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बहुविवाह मुद्दाका व्यास नगरपालिका-१० नयाँबस्ती बस्ने ३३ वर्षीय पदम बहादुर बिक, सवारी ज्यान मुद्दाका बन्दिपुर गाउँपालिका-१ चिसापानी बस्ने श्यामलाल श्रेष्ठको साथै कुटपिट मुद्दाका फरार १ जना, नाता कायम मुद्दाका फरार ३ जना, सम्बन्ध बिच्छेद मुद्दामा ३ जना समेत गरी ९ जना फरार प्रतिवादी रहेका छन् ।
पक्राउ व्यक्तिहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]