०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

प्रेम विवाहपछि दुलाहा समलिङ्गी भएको खुलासा! प्रहरीकहाँ पुगिन् दुलही

Logo
प्रकाशित बुधबार, पुष ०१, २०७७

 

(ABC Sanchar)
धनगढी। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ की २० वर्षीया युवती र लालझाडी गाउँपालिका–७ का युवक को गत बैशाखमा परिचय भयो।

एकआपसमा परिचित भएपछि सोही बेलादेखि उनी दुवैजना भेटघाट र कुराकानी गर्न थाले। सोही क्रममा उनीहरुबीच प्रेम बस्यो।

७ महिनाको प्रेम सम्बन्धपछि दुवै जना आपसी सल्लाहमै विवाह गर्न राजी भए।

सोही योजना अनुसार नै गत मंसिर २६ गते उनीहरुको विवाह बन्धनमा बाँधिए।

प्रेमीप्रेमिकाको सम्बन्धलाई श्रीमानश्रीमतीको रुपमा अगाडि बढाउन खोजेका उनीहरुको जीवनमा भने समयले अर्कै मोड ल्याइदियो।

विवाह भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी क्षेत्रमा डेरा गरी बस्ने निर्णय लिए। तर उनीहरु त्यहाँ २ दिनपनि बस्न पाएनन्। कारण– विवाहपछि मात्र दुलहीले दुलाहा समलिङ्गी भएको थाहा पाइन।

‘विवाह भएपछि मात्र दुलाह पनि समलिङ्गी भएको कुरा युवतीले थाहा पाइछिन्। न्यायका लागि भन्दै हामी कहाँ आउनुभएको थियो,’ कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने।

‘युवती पक्षले झुक्याएर विवाह गरेको आरोप लगाएका छन्। तर स्पष्ट कानूनी व्यवस्था नहुँदा मुद्दा अगाडी बढाउन सकिएन।’ उनले भने ।

प्रहरीले अहिले दुवैजनालाई सम्झाइबुझाइ गरी परिवारको जिम्मा लगाएको छ।

विगतमा झुक्याएर विवाह गर्नेलाई कारवाही गर्ने व्यवस्था भएपनि गतवर्षको भदौदेखि लागु भएको मुलुकी संहितामा भने सो व्यवस्था नहुँदा समस्या भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!