२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

प्रेम विवाहपछि दुलाहा समलिङ्गी भएको खुलासा! प्रहरीकहाँ पुगिन् दुलही

Logo
प्रकाशित बुधबार, पुष ०१, २०७७

 

(ABC Sanchar)
धनगढी। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ की २० वर्षीया युवती र लालझाडी गाउँपालिका–७ का युवक को गत बैशाखमा परिचय भयो।

एकआपसमा परिचित भएपछि सोही बेलादेखि उनी दुवैजना भेटघाट र कुराकानी गर्न थाले। सोही क्रममा उनीहरुबीच प्रेम बस्यो।

७ महिनाको प्रेम सम्बन्धपछि दुवै जना आपसी सल्लाहमै विवाह गर्न राजी भए।

सोही योजना अनुसार नै गत मंसिर २६ गते उनीहरुको विवाह बन्धनमा बाँधिए।

प्रेमीप्रेमिकाको सम्बन्धलाई श्रीमानश्रीमतीको रुपमा अगाडि बढाउन खोजेका उनीहरुको जीवनमा भने समयले अर्कै मोड ल्याइदियो।

विवाह भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी क्षेत्रमा डेरा गरी बस्ने निर्णय लिए। तर उनीहरु त्यहाँ २ दिनपनि बस्न पाएनन्। कारण– विवाहपछि मात्र दुलहीले दुलाहा समलिङ्गी भएको थाहा पाइन।

‘विवाह भएपछि मात्र दुलाह पनि समलिङ्गी भएको कुरा युवतीले थाहा पाइछिन्। न्यायका लागि भन्दै हामी कहाँ आउनुभएको थियो,’ कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने।

‘युवती पक्षले झुक्याएर विवाह गरेको आरोप लगाएका छन्। तर स्पष्ट कानूनी व्यवस्था नहुँदा मुद्दा अगाडी बढाउन सकिएन।’ उनले भने ।

प्रहरीले अहिले दुवैजनालाई सम्झाइबुझाइ गरी परिवारको जिम्मा लगाएको छ।

विगतमा झुक्याएर विवाह गर्नेलाई कारवाही गर्ने व्यवस्था भएपनि गतवर्षको भदौदेखि लागु भएको मुलुकी संहितामा भने सो व्यवस्था नहुँदा समस्या भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!