०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

९ महिनादेखि बन्द रहेको पशुपति मन्दिर बुधबारदेखि खुला

Logo
प्रकाशित बुधबार, पुष ०१, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत ९ महिनादेखि पशुपतिनाथमा भक्तजनको प्रवेशमा रोक लगाइएको थियो ।

प्राचीनकालदेखि नियमित रुपमा नियमित रुपमा भक्तजनले दर्शन गर्न पाइरहेकामा ९ महिनादेखि रोकिएकाले मंगलबन क्षमा पूजा गर्दै आजबाट मन्दिर दर्शन खुला गरिएको हो ।

क्षमा पूजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेकी थिइन् ।

पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन ।

“महामारीको सङ्कटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौँ, बुधबारदेखि मन्दिर खुलेपछि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्दरहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने छौँ”–सदस्य सचिव ढकालले भने ।

कोरोनापछि अन्य क्षेत्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएपनि पशुपतिनाथलगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै असोजदेखि पशुपति क्षेत्रमा विश्व हिन्दू महासङ्घको नेतृत्वमा साङ्केतिक बिरोध प्रदर्शन भइरहेको थियो ।

बुधबारदेखि मन्दिर खोल्न लागिएकामा ती संस्थाले पनि मङ्गलबार पशुपति क्षेत्र परिसरमा विशेष पूजा आराधना गर्दैछन् ।

इतिहासमा पशुपतिनाथ मन्दिर नौ महिनासम्म बन्द रहेको प्रामाणिक तथ्य वंशावलीलगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रका सांस्कृतिक सम्पदाका विषयमा विद्यावारिधि शोध गर्नुभएको कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

नौमहिने यो अवधिमा धेरै पर्यटक आउने साउन महिना, हरितालिका (तीज) र बाला चतुर्दशी पर्वमा पनि भक्तजनले मन्दिर बाहिरैबाट परिक्रमा गरेर चित्त बुझाउन बाध्य हुनुपरेको थियो ।

यी पर्वमा लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा आउने गर्थे । भक्तजन नआउने भएपछि पशुपति क्षेत्र वरपरको बजारको व्यापारमा समेत कमी आएको छ ।

साउन महिना, हरितालिका (तीज) र बाला चतुर्दशी पर्वमा पशुपति क्षेत्रमा विशेषगरी नयाँ बजारसमेत सञ्चालनमा आउने गरेकामा यस वर्ष त्योसमेत प्रभावित भएको छ । पशुपति क्षेत्र वरपर खुलेका ठूला साना होटल पनि यसबीचमा प्रभावित भए ।

पशुपतिनाथ मन्दिरसँगै विश्वकै प्रसिद्ध शक्तिपीठ गुह्येश्वरी पनि पुस १ गते बुधबारदेखि भक्तजनलाई दर्शनका लागि खुला गरिने भएको छ । पशुपति क्षेत्रका चन्द्रविनायकलगायत मन्दिर, चैत्य पनि बुधबारदेखि नै भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्ने गरी तयारी भएको छ ।

नौ महिनापछि मन्दिर खुला गर्न लागिएकामा स्थानीयवासीसमेत उत्साहित भएका छन् । पुस १ गतेदेखि विशेषरुपमा साजसज्जा गरी भक्तजनलाई स्वागत गर्ने तयारी भएको छ । तयारीका लागि सोमबार कोषले स्थानीयवासीसँग बैठक गरेको छ । बैठकपछि स्थानीयवासीसँगको सम्बन्ध थप सुमधुर भएको कोषका कर्मचारीहरु बताउँछन् ।

मंगलबार क्षमा पूजा गरिएसँगै भोलि (पुस १ गते बुधबार)देखि सर्वसाधारणको दर्शनका लागि खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

पहिलो चरणमा मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई दर्शनका लागि प्रवेश गर्न दिइने छ । दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्किने व्यवस्था मिलाइएको छ ।

मन्दिर प्रवेश गर्दा भक्तजनहरुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हाललाई विशेष पूजा र भजनकीर्तन लगायतका क्रियाकलाप भने शुरु हुने छैनन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!