०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

भन्सार छलेर ल्याएको ट्रयाक्टर र चिनीसहित ४ जना पक्राउ

Logo
प्रकाशित बुधबार, पुष ०१, २०७७

ABC (क्राईमबिट)
मोरङ । भारतबाट अवैध रूपमा भन्सार छली नेपाल ल्याइएको २४६० किलो चिनी र एक ट्रयाक्टर प्रहरीले बरामद गरेको छ ।

बिशेष सूचनाको आधारमा सोमबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ४७ हजार रुपैयाँ बराबरको चिनी सहित रङगेली नगरपालिका-१ का २१ बर्षीय अभिषेक कुमार साह, धनपालथान गाउँपालिका-१ का १७ बर्षीय दिपक कुमार मण्डल, १८ बर्षीय अर्जुन कुमार मण्डल र १९ बर्षीय रुपेश मण्डललाई निजहरुले चिनी ओसार पसार गर्न प्रयोग भएको को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यसैगरी सुनवर्सी नगरपालिका-७ बाट अवैध रुपमा चोरी पैठारी गरी ल्याउदै गरेको अन्दाजी १६ लाख मुल्य बराबरको ON TEST ट्रयाक्टर बरामद भएको छ । प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीले सोमबार राती ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

बरामद भएको चिनी तथा ट्याक्टर समेत आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

मेष -आफ्नो कुरामा अडिग रहनु पर्ने दिन हो। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। व्यापारमा नयाँ अवसर आउन सक्छ। तर खर्चमा ध्यान दिनुहोस्। वृष -काममा चुनौती आए पनि धैर्य गर्नुहोला, साँझतिर सकारात्मक परिणाम मिल्नेछ। घरपरिवारमा रमाइलो हुनेछ। खानपानमा सावधानी आवश्यक। मिथुन -विद्यार्थी वा प्रतियोगितामा सहभागी भएकालाई राम्रो समय। दाजुभाइ वा साथीसँग मिलेर काम गर्न सकिनेछ। बोल्दा सन्तुलन […]

error: Content is protected !!