२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

४ बर्षपछी चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

Logo
प्रकाशित बुधबार, पुष ०१, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो खातामा प्रयाप्त निक्षेप छैन भन्ने जानी-जानी काठमाडौं महानगरपालिका-१० बुद्दनगर बस्ने नानीबाबु खरेललाई काटी दिएको १ करोड ६३ लाख रुपैयाँको बैंक चेक भुक्तानी हुन नसकेकोले चेक अनादार कसूर रगेको ठहर भएपछि अनिल फरार भएका थिए ।

जिल्ला अदालत काठमाडौंको २०७३ भदौ १५ गतेको फैसलाले चेक अनादर मुद्दामा १ महिना कैद र १ करोड ६३ लाख बिगो भराउ तथा ३ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पोद्दारलाई काठमाडौं कलंकीमा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]