०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

दाङ प्रहरी स्कुल र क्यापसमा कार्यक्रम लिएर विद्यार्थी पुग्दै

Logo
प्रकाशित बिहिबार, पुष ०२, २०७७

 

(तेज वली)
तुलसीपुर । दाङमा तीन जना विद्यार्थीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि दाङ प्रहरीले विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले प्रत्येक विद्यालयमा गएर सचेतना फैलाउनुकासाथै क्याम्पसमै पुगेर विद्यार्थीका सवारीमा समेत निगरानी बढाएको छ ।

विद्यार्थीहरुले अहिले पनि सवारी चालक अनुमति पत्र विनै सवारी चलाएको पाईएकाले बिभिन्न विद्याथलयका ६ जना विद्यार्थीको सवारी साधन समेत नियन्त्रणमा लिएको एसपी चंन्दले बताए । विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुले तिब्र गतिमा सवारी चलाउने, लापरवाही तथा सवारी साधनको नियम पालना गर्ने भन्दै मंसिर ३० गतेदेखि सुरु भएको यो अभियान जारी छ ।

विद्यालय तथा कलेजमा पुगेर पहिलो चरणमा सवारी चालक अनुमती पत्र नलिई सवारी साधन नचाउन विद्यार्थीहरुलाई अनुरोध गर्ने, विद्यालय, कलेजहरुमा ट्राफिक सचेतना अभियान संचालन गर्ने गरिएको छ । साथै दोस्रो चरणमा सवारी चालक अनुमती नलिई चलाउने विद्यार्थीहरुको सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारबाही गरी अभिभावकलाई जिम्मा लगाउने उनले बताए।

उनका अनुसार जिल्लाका तुलसीपुर, घोराही, लमही, खिलतपुरलगायतका विद्यालयहरुमा अभियान सञ्चालन गरिएको छ । त्यस्तै जिल्लामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा ट्राफिक नियम पालना नगर्ने सम्पूर्ण चालकहरुलाई कारबाहीको दायरामा ल्याउने प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!