०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

दाङ प्रहरी स्कुल र क्यापसमा कार्यक्रम लिएर विद्यार्थी पुग्दै

Logo
प्रकाशित बिहिबार, पुष ०२, २०७७

 

(तेज वली)
तुलसीपुर । दाङमा तीन जना विद्यार्थीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि दाङ प्रहरीले विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले प्रत्येक विद्यालयमा गएर सचेतना फैलाउनुकासाथै क्याम्पसमै पुगेर विद्यार्थीका सवारीमा समेत निगरानी बढाएको छ ।

विद्यार्थीहरुले अहिले पनि सवारी चालक अनुमति पत्र विनै सवारी चलाएको पाईएकाले बिभिन्न विद्याथलयका ६ जना विद्यार्थीको सवारी साधन समेत नियन्त्रणमा लिएको एसपी चंन्दले बताए । विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुले तिब्र गतिमा सवारी चलाउने, लापरवाही तथा सवारी साधनको नियम पालना गर्ने भन्दै मंसिर ३० गतेदेखि सुरु भएको यो अभियान जारी छ ।

विद्यालय तथा कलेजमा पुगेर पहिलो चरणमा सवारी चालक अनुमती पत्र नलिई सवारी साधन नचाउन विद्यार्थीहरुलाई अनुरोध गर्ने, विद्यालय, कलेजहरुमा ट्राफिक सचेतना अभियान संचालन गर्ने गरिएको छ । साथै दोस्रो चरणमा सवारी चालक अनुमती नलिई चलाउने विद्यार्थीहरुको सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारबाही गरी अभिभावकलाई जिम्मा लगाउने उनले बताए।

उनका अनुसार जिल्लाका तुलसीपुर, घोराही, लमही, खिलतपुरलगायतका विद्यालयहरुमा अभियान सञ्चालन गरिएको छ । त्यस्तै जिल्लामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा ट्राफिक नियम पालना नगर्ने सम्पूर्ण चालकहरुलाई कारबाहीको दायरामा ल्याउने प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!