०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

सोलखुम्बुमा प्याराग्लाइडिङको परीक्षण उडान सफल

Logo
प्रकाशित बिहिबार, पुष ०२, २०७७

(ABC Sanchar)
सोलखुम्बु । यहाँ प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका १ खार्चेमा आज यसको सफल परीक्षण उडान भएको हो।

अपराह्न १२ः१० बजे दुई हजार ६ सय मिटर अग्लो खार्चेबाट उडान शुरु गरी ३० मिनेटपछि सोही वडाको छेउघरमा अवतरण गरिएको स्थानीयवासी पासाङकाजी शेर्पाले जानकारी दिए।

प्याराग्लाइडिङ पाइलट पेम्बावाङ्छु शेर्पाले आफ्नै गाउँको आकाशमा उडाउन पाउँदा खुशी लागेको बताए।

नेपालका विभिन्न क्षेत्रमा प्याराग्लाइडिङको उडान भर्दै आएका शेर्पाले सोलुखुम्बुका खरीखोला, वाकु र वाप्सा क्षेत्रमा यसका लागि उपयुक्त क्षेत्र रहेको बताए।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालनको तयारी भइरहेको वडाध्यक्ष ङिमादोर्जी शेर्पाले बताए।

सगरमाथा क्षेत्र लुक्ला नाम्चे जानका लागि सडक मार्गको नजीक पर्ने उक्त क्षेत्रमा पर्यटकका लागि प्याराग्लाइडिङ उपयुक्त हुने वडाध्यक्ष शेर्पाको भनाइ थियो।

अब यसलाई नियमितरुपमा व्यावसायिक ढङ्गले सञ्चालनको तयारी भइरहेको र यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!