०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सोलखुम्बुमा प्याराग्लाइडिङको परीक्षण उडान सफल

Logo
प्रकाशित बिहिबार, पुष ०२, २०७७

(ABC Sanchar)
सोलखुम्बु । यहाँ प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका १ खार्चेमा आज यसको सफल परीक्षण उडान भएको हो।

अपराह्न १२ः१० बजे दुई हजार ६ सय मिटर अग्लो खार्चेबाट उडान शुरु गरी ३० मिनेटपछि सोही वडाको छेउघरमा अवतरण गरिएको स्थानीयवासी पासाङकाजी शेर्पाले जानकारी दिए।

प्याराग्लाइडिङ पाइलट पेम्बावाङ्छु शेर्पाले आफ्नै गाउँको आकाशमा उडाउन पाउँदा खुशी लागेको बताए।

नेपालका विभिन्न क्षेत्रमा प्याराग्लाइडिङको उडान भर्दै आएका शेर्पाले सोलुखुम्बुका खरीखोला, वाकु र वाप्सा क्षेत्रमा यसका लागि उपयुक्त क्षेत्र रहेको बताए।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालनको तयारी भइरहेको वडाध्यक्ष ङिमादोर्जी शेर्पाले बताए।

सगरमाथा क्षेत्र लुक्ला नाम्चे जानका लागि सडक मार्गको नजीक पर्ने उक्त क्षेत्रमा पर्यटकका लागि प्याराग्लाइडिङ उपयुक्त हुने वडाध्यक्ष शेर्पाको भनाइ थियो।

अब यसलाई नियमितरुपमा व्यावसायिक ढङ्गले सञ्चालनको तयारी भइरहेको र यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

error: Content is protected !!