२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

३ वर्ष कैद भुक्तान गरि छुटेका लक्ष्मण थारुलाई अदालतले जन्मकैदको सजाय

Logo
प्रकाशित शुक्रबार, पुष ०३, २०७७

(राजन थारू)
धनगढी। उच्च अदालत दिपायलले टीकापुर घटनामा जिल्ला अदालत कैलालीको फैसला उल्ट्याउदै ३ वर्ष जेल सजाय भोगेर रिहा भएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाइएको छ।

उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीको फैसला उल्ट्याउँदै ३ वर्ष कैद सजाय भुक्तान गरेका थारुलाई जन्मकैदको फैसला सुनाएको हो।

प्रतिवादी लक्ष्मण थारुको हकमा भएको फैसलामा उल्लेख छ, ‘मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं ंको कसुरमा सो महलको १७ (३) बमोजिम सजाय हुने ठहयाई भएको सुरु अदालतको फैसला मिलेको नदेखिदा निजको हकमा केही उल्टी भई निज प्रतिवादीलाई अभियोग माग दाबी बमोजिम ज्यान सम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १३(४) बमोजिम जन्म कैद हुने ठहर छ।’

‘साथै निजलाई सोही महलको १५ नं बमोजिम ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद समेत हुने ठहर छ। अभियोग वादी सफाइ पाउँ भन्ने निज पुनर्वेदक प्रतिवादीको पुर्नवेदन जिकिर पुग्न सक्दैन।’ बिहीबार उच्च अदालतका न्यायाधीद्वय सीताराम मण्डल र टेकनारायण कुँवरको संयुक्त इजलासको फैसलामा भनिएको छ ।

२०७५ सालको फागुन २२ गते टीकापुर घटनाको मुद्दामा सुनवाइ गर्दै थारुलाई ३ वर्ष कैद सजाय सुनाएको थियो। उनी पुर्पक्षका लागि कारागार चलान भएदेनि सो मितिसम्म सजाय भुक्तान भइसकेको भन्दै छुटेका थिए।

अदालतको फैसलापछि थारुलाई पुनः पक्राउ गरि कारागार चलान गरिने प्रहरीले जनाएको छ।

२०७२ मा भएको घटनामा जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ मा रेशमसहितलाई जन्मकैद फैसला सुनाएको थियो।

रेशम चौधरीको हकमा भने जिल्ला अदालतको फैसला सदर भएको छ।

आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा झडप भएको थियो । त्यसक्रममा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो ।

घटनाको अभियोगमा सांसद चौधरीसहित ५८ जनाविरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिएको थियो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।