०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

श्रीमतीको हत्या गरेर ४ वर्षसम्म फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष ०३, २०७७

ABC (क्राईमबिट)
चन्द्रौटा । श्रीमतीको हत्या गरी ४ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई कपिलबस्तु प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर ११ थुनिया भदोखर्क घर भएका २७ वर्षीय उस्मान धोबी मुसलमान भनिने उसमान गनी मुसलमान छन् ।

प्रहरीका अनुसार उस्मानले ३० साउन २०७३ मा आफ्नी श्रीमती २६ वर्षीया साजरा खातुनको घाँटी थिचि हत्या गरेका थिए । हत्या पछि फरार रहेका उनलाई आज (शुक्रबार) पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाको प्रहरी प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) दिपशे खरेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले उस्मानलाई उनकै घरबाट पक्राउ गरेको हो ।

घरमा नै लुकिछिपी बसिरहेको अवस्थामा उस्मानलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेका उस्मानमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!