१६ साउन २०८२, शुक्रबार
01-08-2025 , Fri
×

आफ्नो १३ वर्षीय छोरीलाई बलात्कार गर्ने नरपिचास बाबु पक्राउ

Logo
प्रकाशित शनिबार, पुष ०४, २०७७

ABC (क्राईमबिट)
उदयपुर । त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक-पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका-११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक-पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो ।

प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि बिहीबार उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको उदयपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए ।

पिडीत बालिकालाई जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराइएको पनि प्रहरीले बताएको छ ।-रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढेको छ इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । आज राती १२ बजेदेखि नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको कारोबार हुनेछ।

  काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र काठमाडौं महानगरपालिका–२६ सामामुखीबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको हो। प्रहरीले लागूऔषध ओसारपसारमा संलग्नलाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कालिकोटका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोकका २४ वर्षीय सूर्य लामा, काभ्रेपलाञ्चोकका ३३ वर्षीय विमल मगर, कास्कीका […]

बाँके । नेपालगन्जको नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक काठमाडौंले एबिसी संचारमा सशस्त्र प्रहरी बल बाँकेमा कार्यरत घुमुवा असई सोमराज शर्माको स्याउ तस्करसंग पैसाको बार्गेनिङ र पितल तस्कर तस्करसंग गरेको कुराकानी अडियो रेकर्ड प्रकाशित समाचारमा आएपछी घुमुवा […]

error: Content is protected !!