१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

सात जना मन्त्रीहरुले दिए सामूहिक राजीनामा

Logo
प्रकाशित आइतबार, पुष ०५, २०७७

(ABC Sanchar)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारका सात जना मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री अ‍ोलीले संसद भंग गर्ने सिफारिस गरेपछि सात जना मन्त्रीले राजीनामा दिएका हुन् ।
पुष्पकमल दाहाल प्रचण्ड निकट मन्त्रीहरु उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएका छन् ।
त्यस्तै माधवकुमार नेपालनिकट मानिएका कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले पनि राजीनामा दिएका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने निर्णय सुनाएपछि प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुसाल, बर्षामान पुन, रामबहादुर थापा लगायतले विरोध गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपालगन्ज । घोराहीका सडक, चोक, सार्वजनिक कार्यक्रम र सामाजिक अभियानहरूमा पछिल्लो समय एउटा नाम बारम्बार सुनिन थालेको छ— सविन प्रियासन। कहिले युवासँगै हातमा झाडु बोकेर सरसफाइ अभियानमा देखिने, कहिले विपन्न विद्यार्थीका लागि सहयोग जुटाउँदै हिँड्ने, त कहिले शहर विकासका विषयमा खुला बहस गरिरहेको उनको सक्रियताले अहिले घोराहीको राजनीतिक वृत्तमै चर्चा पाउन थालेको छ। जब उनले […]

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा *१४ तले नयाँ भवन* बन्ने भएको छ। यो भवन *प्रहरी महानिरीक्षक सचिवालय भवन* का रूपमा निर्माण हुनेछ। *मुख्य कुरा:* 1. *स्थान*: नक्साल, काठमाडौं महानगरपालिका-१ 2. *क्षेत्रफल*: नेपाल प्रहरीको स्वामित्वमा रहेको *६२,४८१.५४ वर्गमिटर* जग्गा 3. *उद्देश्य*: हाल नक्साल र भृकुटीमण्डपमा छरिएर रहेको कार्यालयलाई एउटै ठाउँमा व्यवस्थित गर्ने, […]

error: Content is protected !!