१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

संसद विघटनसंगै नेपाल प्रहरी हाइ अलर्टमा

Logo
प्रकाशित आइतबार, पुष ०५, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद विघटन गर्न सिफारिस गरेपछि सुरक्षा प्रमुखहरुलाई सचेत र चनाखो रहन निर्देशन दिने तयारी भएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेस थापा क्षेत्रीले अवस्था भडकिन सक्ने र आन्दोलन चर्किन सक्ने भन्दै सातवटै प्रदेशका प्रहरी प्रमुखहरुलाई सचेत र चनाखो रहन निर्देशन दिने तयारीमा जुटेका छन् ।
संसद विघटनको प्रस्तावप्रति जनमानसमा आक्रोश फैंलिदै गएपछि मुलुकका तीनवटै सुरक्षा फौजलाई आवश्यक्ता अनुसारका सामाग्रीहरु तयारी अवस्थामा राख्न निर्देशन गर्न आन्तरिक तयारी भइरहेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]