०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

प्रधानमन्त्री ओली विरुद्ध प्रदर्शनमा उत्रेका कृष्ण पहाडी सहित १६ पक्राउ

Logo
प्रकाशित सोमबार, पुष ०६, २०७७

 

(ABC Sanchar)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन गर्न गएका १६ जना पक्राउ परेका छन्।
ओलीले संसद् विघटन गरेपछि त्यसको विरुद्धमा प्रदर्शन गर्न सडकमा निस्केका मानव अधिकार तथा शान्ति समाज नेपालका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण ढोका अगाडि प्रदर्शन गर्ने क्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पूर्वमहासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनीलगायत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!